३३ किलो सुन प्रकरणका विषयमा अझै छानविन प्रक्रियमा जारी नै छ । अनुसरन्धानका क्रममा पूर्वदेखि बालहावालासम्मका नेपाल प्रहरी अधिकारीहरु र राजनीतिक दलका कार्यकर्ताहरु पक्राउ परिसकेका छन् भने अझै अनुसन्धान जारी छ । तस्करी काण्डमा अधिकांश प्रहरी र राजनीतिक दलका कार्यकताहरु पक्राउ परे पनि राजनीतिक दलका शीर्ष नेताहरु नै संलग्न रहेको प्रहरीको आशंका छ । नेताहरुको नाम भने अहिले नै भन्न नमिल्ने प्रहरीले जनाएको छ।
बुधबार मात्रै ६२ जनाविरुद्ध मुद्दा दार्ता
३३ किलो सुन तस्करी काण्ड र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका २८ र ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता हुँदै छ । प्रहरीका अनुसार मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित पक्राउ पक्राउ परेकाहरुविरुद्ध तीन प्रकारको मुद्दा, अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा दर्ता गर्न लागेको हो ।
हाल फरार रहेका ३४ जनाविरुद्ध पनि मुद्दा दर्ता गरिने मोर मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ ।
प्रहरीका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुँदै छ ।
संगठित अपराध सम्वन्धी मुद्दा चलाउने तयारी गरिएका आरोपितहरु पूर्वडीआईजी गोविन्द निरौला एसपी विकासराज खनाल डीएसपीद्वय प्रजित केसी सञ्जय राउत सई बालकृष्ण सन्जेल जवान विष्णुबहादुर खड्का लालबहादुर मगर हेमन्त गौचन वीरेन्द्रमान श्रेष्ठ सम्बिर तोलाङ्गे बालकृष्ण श्रेष्ठ दोरम खत्री कपिलराज पुरी गोपाल श्रेष्ठ पुण्य लामा राजन थापा राजु महर्जन अमर डंगोल तुलाराम थारू व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र भुजुङ गुरुङ हुन् ।
कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा चलाउने तयारी गरिएका आरोपितहरु
माधव भन्ने मोहन घिमिरे मोहन कार्की एकराज मल्ल नरेन्द्र कार्की लाक्पा शेर्पा रहेका छन् ।
सुन तस्करी र हत्याका विषयमा छानविन गर्न गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो ।
श्रोतका अनुसार मुद्दा दर्ताका लागि अभियुक्तहरुलाई जिल्ला अदालत पुर्याई सकिएको र त्यहाँको शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएको प्रहरीले जनाएको छ ।
मिडिया एनपी बाट









