रोशनी भट्टराई

वैशाख १९, विराटनगर । साढे ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले मोरङ जिल्ला अदालतमा ६३ जना विरुद्ध सुन चोरी, पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र संगठित अपराध अन्तर्गत छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङ मार्फत चलाइएको मुद्दामा अहिलेसम्म २९ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा ७ जना पूर्व र बहालवाला प्रहरी, १३ जना विमानस्थलका कर्मचारी, ६ जना भरिया र ३ जना व्यापारी रहेका छन् । सो मुद्दामा ९ जना पूर्व प्रहरी र बहालवाला प्रहरी अधिकृतहरु माथि मुद्दा चलाइएकोमा एसएसपी श्याम बहादुर खत्री र मिसनमा रहेका प्रहरी हवल्दार अमर बहादुर थापामगर फरार छन् ।

सो मुद्दामा ९ जना पूर्व प्रहरी र बहालवाला प्रहरीलाई मुद्दा चलाइएको जिल्ला अदातल मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । उनले विभिन्न चारओटा मुद्दामा अभियोगपत्र दर्ता भएको बताए । मुद्दा चलाइएकाहरुमा पूर्वप्रहरी डिआईजी गोविन्द निरौला, तत्कालिन अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय बहादुर राउत र प्रहरी जवान विष्णु खड्का रहेको मोरङ जिल्ला अदालतले बताएको छ ।

प्रतिवादीहरुसँग ०७० साल यता गरेको सुन तस्करी कारोबार अनुसार १७ अर्ब १ करोड ८० लाख ७१ हजार बिगो समेत माग दाबी गरिएको छ । प्रहरीले अनुसन्धानका क्रममा बरामद गरेका सामान र दुई ओटा गाडीसमेत अदालतमा बुझाएको छ ।

यसैबीच समाचार संकलनको क्रममा अदालत परिसर पुगेका सञ्चारकर्मीहरुसँग मुद्दाका प्रतिवादी र तत्कालिन अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले अपशब्द बोल्दै दुब्र्यवहार गरेका छन् । अभियान डट कम डट एनपी बाट साभार