नेकपा एमालेको आज साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

माओवादी केन्द्र सँगको पार्टी एकता प्रक्रियालगायतका विषयमा छलफलका लागि बोलाइएको सो बैठक साँझ ६ बजे बोलाइएकामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगन गरेको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृह जिल्ला झापामा दुई दिनको व्यस्त कार्यक्रमबाट आजै काठमाडौं आएका प्रधानमन्त्री ओलीलाई धपेडी महसुश भएपछि बैठक नबसेको एमाले स्रोतले बतायो। नेपाल खबर बाट साभार