काठमाडौं, २० बैशाख - देशका विभिन्न सरकारी कार्यालयमा करारमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

उनीहरुलाई स्थायी गर्न सकिने/नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले करार कर्मचारी नियुक्ति गरिएको कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुने बताए |

उनले भने, 'करार कर्मचारी नियुक्ति गरिएको कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुन्छ । हामीलाई होइन ।'

तर, करार कर्मचारीले भने सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।