दमक/लायन्स क्लव अफ गौरादहको अध्यक्षको जिम्मेवारी स्थानीय ब्यवसायी तथा सामाजिक अगुवा भुपाल कट्वालले पाएकाछन् । ३ बर्षअघि देखि गौरादहमा लयान्स क्लव सक्रिय रहदै आएको छ ।
क्लवले अध्यक्ष सहित जिम्मेवारी बाँडफाँड समेत गरेको छ । गौरादहमा बिभिन्न क्षेत्रमा अगुवाइ गरेकाहरु यसमा रहेकाछन् । कट्वालले आफूले पाएको जिम्मेवारीले थप सामाजिक रुपमा लाग्न प्रेरित गरेको जनाए ।











