दमक, बैशाख २०

झापाको दमकमा सुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही ११ बीच खेल हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको खेल अपरान्ह ३ बजेपछि सुरु हुनेछ । खेल दमक बहुमुखी क्याम्पसको मैदानमा हुने छ । यसअघि हिजोको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको थियो ।

उसले झापा ११ लाई चार–शून्य गोलले पराजित गरेको थियो । बैशाख २८ गतेसम्म चल्ने गोल्डकपमा ‘ए’ डिभिजनसहित १० टिमको सहभागीता रहने प्रचारप्रचासर संयोजक चन्द्र खत्रीले जानकारी दिए । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार र ट्रफी प्राप्त गर्ने छन् ।