काठमाडौं, २० वैशाख । सशस्त्र प्रहरीमा समावेसीता नहेरी २३ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)लाई उपरिक्षक (एसपी)का लागि बढुवा सिफारिस गरेको छ ।

सिफारिस समितिका सदस्य सचिव प्रहरी नायव महानिरिक्षक (डिआइजी) सुरज कुमार श्रेष्ठले यस्तो सिफारिस गरेका हुन् । गृह मन्त्रालयको बढुवा समितिलाई विहीबार सिफारि गरी पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बढुवाका लागि सिफारिस गरिएका २३ जनामा एक जना पनि मधेसी समुदायका अधिकृत राखिएको छैन । केही अधिकृतले बढुवामा असन्तुष्टि जनाएका छन् ।

डिएसपीहरू रेशमकुमार थक्सु, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरूङ, सुरेशकुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, मनिष थापा, राजु पाण्डे बलराम पोखरेल, समरबहादुर श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।

यस्तै, कृष्ण ढकाल, विश्वेश्वर थापा, विनोदराज श्रेष्ठ, कृष्णप्रसाद कोइराला, प्रकाश थापा, खेमबहादुर थापा, तुलसीराम दाहाल, रोशन श्रेष्ठ, नारायण श्रेष्ठ र बसन्तकुमार बोगटीलाई पनि डिएसपीबाट एसपीका लागि बढुवा सिफारिस गरिएको छ ।

अधिकृत बढुवामा समावेशीतासहित हुने गृहमन्त्री रामबहादुर थापाले बताएका थिए । सशस्त्रको बढुवा समितिले समावेशीतालाई नजरअन्दाज गरेको छ ।

यसैबीच, सशस्त्रले केही दिनमा एसएसपीबाट डिआइजीको बढुवा निकाल्ने तयारी पनि गरेको छ । उक्त तयारीमा समावेशीताका हिसाबमा कुशल अधिकृतलाई चयन गर्न सशस्त्रलाई दबाब परेको छ । दैनिकनेपाल डट कम बाट साभार