काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताएका छन् ।

ग्लोबल पिस फाउन्डेशन नेपालले आज यहाँ आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिवार्ता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, “कोरियाली जनतामा नभई विश्वका प्रत्येक जनतामा वार्ताले खुशी ल्याएको छ, कोरियाली जनताको कथा सुन्दा प्रत्येक नेपालीका आँखा रसाएका थिए ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले दुई देशको शान्तिवार्ताबाट कोरिया एकीकरणको कामनासमेत गर्दै युद्धको विकल्प शान्ति भएको सन्देश विश्वलाई मिलेको बताए । सो अवसरमा फाउन्डेशनका अध्यक्ष रामरोहन पन्तले ‘एकै सपना एकै कोरिया’ भन्ने सन्देशसहित दुई कोरियाका जनताले कार्यक्रमको आयोजना गर्दै आएको बताए ।

छलफल बाट साभार