दमक/गर्वनर लिला ढुंगेलले झापा दमकको नमूना मार्गमा बनेको लायन्स स्तम्भको अवलोकन गरेकाछन् । लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले बनाएको आकर्षक लायन्स स्तम्भको उनले विहिबार निरिक्षण गरेका हुन् ।
सो अवसरमा क्लवका अध्यक्ष रुद्र गौतम, पूर्व अध्यक्ष एवं दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले ढुंगेलले लायन्स स्तम्भको बिषयमा जानकारी गराएका थिए ।
लायन्सको गरिमा बढाउन यसले महत्वपूर्ण भूमिका खेलेको भन्दै गर्वनर ढुंगेलले यो निर्माणका लागि स्थान उपलब्ध गराएर सहयोग गर्ने दमक नगरपालिका र उपभोक्ता समिति सहित सबै प्रति आभार प्रकट गरेका थिए ।











