१ नम्बर प्रदेशको प्रदेशसभा बैठकले ‘आकस्मिक कोष सञ्चालन विधेयक–२०७५’ सर्वसम्मत रुपमा पारित गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गरेका थिए । १३ वैशाखमा उनले विधेयक टेबल गरेका थिए ।
उक्त विधेयक पारित भएपछि प्राकृतिक तथा अप्राकृतिक विपत्तिको समयमा आकस्मिक कोष परिचालन हुनेछ ।
यसअघि उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्यबाट विधेयकमा देखिएका व्याकरण सम्बन्धि त्रुटी सच्याउनुपर्ने तथा विधेयकको सैद्धान्तिक र व्यावहारिक पक्षको सम्बन्धमा दिइएका सुझावलाई मन्त्री आङ्बोद्वारा स्वीकार गरेपछि संशोधनका लागि दर्ता गरिएका प्रस्तावहरु फिर्ता भएका भएका थिए ।










