इटहरी / सुन तस्करीमा संलग्न चुणामणि उपे्रती गिरोहका सदस्य टेकराज मल्ल ठकुरीले प्रहरीलाई दिएको बयान उनकै शब्दमा ............... मेरो घर जि.काभ्रेपलान्चोक हालको देउपुर मन्डन गा.पा.वा.नं.१२ मा घर भई २०६२ साल तिर काठमाण्डौँमा आई काकाको घर काठमाण्डौँको नयाँ बजारमा भएकोले सोही ठाउँमा गई बसे र करीब २÷३ महिना बसेपछि काम बिना बसेर नहुने सोची काकाको घरबाट निस्की काम जे पाउछ त्यही गर्न थाले र पछिल्लो समयमा काठमाण्डौँको न्युरोड स्थितमा रहेको पार्किङमा पार्किङको शुल्क उठाउने काम गर्न थाले, यस्तै क्रममा मेरो एक जना नजिकै सुनको पसल रहेको बेनु श्रेष्ठसँग चिनजान भई उसैको सुन पसलमा काम गर्दै थिए, काम गर्ने क्रममा निजको पसलमा हाल राम्रैसँग चिनजान भएका गोरे भन्ने चुडामणी उप्रेती आई यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ भनि बेनु श्रेष्ठ र गोरे भन्ने चुडामणी उप्रेतीको कुरा कानी भई भाई बिदेश जाने हो भनि बेनु श्रेष्ठले भनेपछी मैले तत्काल जान्न भने तर उसैको पसलमा काम गर्ने भएकोले उसले मलाई पटक पटक तिमी बिदेश जाउ राम्रो कमाई हुन्छ भनि आश देखाई भनेपछि दाई म बिदेशमा बस्ने गरी जान्न भन्दा तिमी लामो समय बस्नु पर्दैन तिमी दुबई जाने हो त्यसपछि हामीले भने अनुसार १०÷१५ दिन दुबई बसेर नेपाल नै आउने हो, तिमीलाई पनि राम्रो कमाई हुन्छ भनेपछि मैले तुरुन्तै बिदेश गई आउन पाईन्छ भने त हुन्छ नि भने, त्यसपछि उसले मलाई पासपोर्ट छ भनि सोध्यो मैले छैन नागरिकता चाही छ भने ।

त्यसो हो भने तिमी १५ मिनेट भित्रमा काठमाण्डौँ स्थित तिनकुनेमा अस्ती पसलमा आईरहने दाई गोरे भन्ने चुडामणी उप्रेतीलाई गई भेट उसले जे भन्छ सोही अनुसार गर्नु भनि उसले गोरे भन्ने चुडामणी उप्रेतीको हाल एकिन नभएको मोबायल नं. दिई पठायो र म आर.एन.ए.सी.मा आई बस चढी तिनकुने गई निज गोरे भन्ने चुडामणी उप्रेतीसँग भेट हुँदा उसले मलाई तल देखी माथी सम्म र्हेयो पुरा घुम भन्यो मैले उसले भने बमोजिम गरे र ठिक छस् भन्यो र उसले पनि पासपोर्ट छ भनि सोध्यो र मैले छैन भनेपछि त्यसो भने ७ दिन भित्र पासपोर्ट बनाई मलाई भेट्नु भनि छुट्टीयौँ ।

निजले भने बमोजिम नभई मलाई पासपोर्ट बनाउन १५ दिन लाग्यो र पासपोर्ट बनाई बेनु श्रेष्ठलाई दिएपछि मेरो मेडिकल चेकजाँच र प्रोसेस मिलाउदा करीब ३ महिना जती लाग्यो सो बेला सम्म म बेनु श्रेष्ठकै पसलमा काम गर्दै थिए ३ महिना पश्चात मलाई बेनु श्रेष्ठले सबै कुरा मिलाई ५÷७ जनाको समुहमा दुबई पठायो र दुबईको एयरपोर्टमा पुगेपछि मलाई संजय खरेल भन्ने ब्यक्ती लिन आई ट्याक्सीमा चढाई निजकै कोठामा पु¥यायो र कोठामा पुग्दा पछि नाम थर थाहा भएका संजय अधिकारी र शिब कुमार गुबाजु बसिरेका थिए, केही बेरमा गोरे भन्ने चुडामणी उप्रेती समेत सोही कोठामा आई भेटघाट भएपछि गोरे भन्ने चुडामणी उप्रेती के कता गए थाहा भएन तर हामी ४ जना सोही कोठामा करीब १५ दिन जति बस्यौँ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछि ल तँ नेपाल फर्की भनि एउटा ब्याग दिई फर्किने क्रममा पछि नाम थर थाहा भएकी शिबानी खरेल भन्ने केटी पनि पछि लगाई दियो र दुबईको एयरपोर्ट देखी नेपालको एयरपोर्ट सम्म आउदा के गर्नु हुन्छ के गर्नु हुदैन भनि निज शिबानी खरेलले सिकाएकी थिईन र मैले बोकेको झोलामा ४ के.जि.सुन छ भनि बताएकोले निजले भने बमोजिम नेपालको एयरपोर्ट आएपछि हामीलाई चेकजाच गर्नु भन्दा अगाडीनै पछि चिनजान भएका त्न् भन्ने सानु बन आई मैले बोकेको ब्याग लिएर गयो भने म सँगै आएकी शिबानी खरेल के कता गईन थाहा भएन म पनि एयरपोर्टबाट आफ्नो कोठा तर्फ गई बसे र सोही दिन दिउसो बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन भनि बोलाई म निज भएको ठाउँमा गएपछि मलाई निजले रु.६०,०००।– दियो, सो दिन कोठामा गई २÷३ दिन कोठा तिरै बसे र उसले पैसा दिदा फेरी दुबई जानुपर्छ भनेको हँुदा कोठामा बसेको ३ दिन पश्चात पुनः दुबई जानु पर्ने भयो ।

दोश्रो पटक चाँही म एक्लै बेनु श्रेष्ठले भने बमोजिम दुबईमा गई गोरे भन्ने चुडामणी उप्रेतीलाई भेटी करीब १५ दिन बसी फर्कीने बेलामा गोरे भन्ने चुडामणी उप्रेतीले मलाई ५ के.जि. सुनको ब्याग दिई दुबई एयरपोर्ट सम्म ल्याई छाडे त्यसपछि म नेपालको एयरपोर्ट आई गोरे भन्ने चुडामणी उप्रेतीले भने बमोजिम उक्त सुन भएको ब्याग सानु बनलाई दिए र त्यसपछी पनि क्रमश त्यसरी नै निजहरुले भने बमोजिम कहिले ७ प्न् कहिले ८ प्न् बोक्दै ल्याई दिने गरेको थिए र मैले सबै भन्दा ठुलो परिमाण १६ प्न् सम्म ल्याई दिएको थिए ।

यसरी काम गर्दै जादा करीब काम गरेको केही समय पश्चात बेनु श्रेष्ठ र गोरे भन्ने चुडामणी उप्रेतीको पाट्नर सिप छुटेपछि म गोरे भन्ने चुडामणी उप्रेतीसँग मात्र काम गर्न थाले, उसँग काम गर्न थालेपछि उसैले काम अराउने पैसा दिने काम गर्थयो र गोरे भन्ने चुडामणी उप्रेतीसँग काम गर्दै जादा उसले मलाई एकदमै बिश्वासिलो पात्र मानी सँगै गाडीमा लिएर हिड्ने, उसैको गाडी चलाउन दिने र प्रायः जहा जादा पनि मलाई सँगै लिएर हिड्ने र मलाई आवश्यकता अनुसार खर्च पनि दिने गर्दथ्यो ।

मेरो घर काभ्रे र उसको पुरानो जन्मी हुर्केको ठाउँको घर पुर्ब मोरङको उर्लाबारी आउदा समेत मलाईसँगै लिएर आउने गर्दथ्यो भने उसको घर हाल काठमाण्डौँको गौरीघाटमा समेत लिएर जाने गर्थे, यसरी निजसँग काम गर्दै जाँदा हामीसँग काम गर्नेहरू भोजे मामा भन्ने भोजराज भण्डारी, सुरेन्द्र गौतम, टुक बहादुर मगर, रुस्तम मियाँ, रोहित आचार्य, दावा शेर्पा, लाक्पा शेर्पा, कृष्ण बस्नेत, सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई, सानु बन, एल.बि.मगर, तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ्ग, खत्री भन्ने, बालकृष्ण भन्ने, एम.के.अग्रवाल, चाचा जि भन्ने ब्यक्ती, संजय खरेल, शिबानी खरेल, समिर अधिकारी, संजय अधिकारी, शिब कुमार गुबाजु, चेतन भण्डारी, माधब घिमिरे समेतहरुसँग परिचय भई सँगसँगै सुनको कारोबार गर्न थाल्यौँ ।

पछिल्लो समय २०७४।१०।०९ गते म र रोहीत आचार्यले दुबईबाट ल्याएको साढे ३३ प्न् सुन सधै झै ल्याई एयरपोर्टमा सानु बनलाई जिम्मा लगाई हामी आ–आफ्नो घर तर्फ गएकोमा सो दिन बेलुका हामीले ल्याएको उक्त सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटीयो भन्ने कुरा मलाई भविन राईले जानकारी गराएपछि म भविन राई समेत भएको ठाउँमा गई भविन राई, लाक्पा शेर्पा, टुक बहादुर मगर समेतलाई भेटी सो बेला गोरे भन्ने चुडामणी उप्रेती भारत तर्फ भएकोले निजलाई समेत जानकारी गराई निजले भने बमोजिम हामी चारै जना भई २ वटा बा ७ च ६१४३ नं.को र हाल बरामद भएको बा १२ च ५९६३ नं.गाडीमा सुन खोज्नको लागी एयरपोर्टको कर्मचारी सानु बन, तक्ले र एल.बि.मगरलाई बोलाई सोधपुछ गर्न थाल्याँै ।

निजहरुले दुई वटा मोटरसाईकलमा हेल्मेट लगाई आएका ४ जना अपरिचित ब्यक्तीहरुले काठमाण्डौँको अनामनगरबाट सुन लुटेको कुरा जानकारी गराए त्यसपछि हामीसँगै काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्कीहरु पुर्ब घर तर्फ सुन लुटीनु भन्दा अगाडीनै आएको हुँदा भविन राईले तिनिहरुलाई समेत फोन गरी बोलाएपछि निजहरु मध्ये मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की हामीहरुले प्रयोग गर्ने गरेको बा १७ च ५१८० नं.को प्राडो गाडी लिएर गएको हुँदा सोहि गाडी लिएर भोली पल्ट बिहान काठमाण्डौँ आईपुग्यो भने रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टा छुट्टै समयमा काठमाण्डौ आईपुगे ।

निजहरु आई पुगेपछी सबै जना मिली पुनः सबैलाई बोलाई सोधी खोजी गर्न थालियो र सो क्रममा मोहन काफ्लेले भोजराज भण्डारीलाई समेत बोलाई सोधी खोजी गर्दै जादा समेत लुटीएको सुन फेला परेन र करीब ६÷७ दिन पश्चात गोरे भन्ने चुडामणी उप्रेती पनि भारतबाट आईपुग्यो । पुनः सबै जनालाई कहाबाट के कसरी के कस्तो अवस्थामा सुन लुटियो भनि ब्यापक रुपमा सोधपुछ र अनुसन्धान हुन थाल्यो ।

जुन ठाउँबाट सुन लुटियो त्यो ठाउँबाट सुन लुटीयो भन्ने कुराको बिश्वास भएन र गोरे भन्ने चुडामणी उप्रेतीले यिनीहरुले यहाँ भनेन यिनीहरुलाई भारतमा लगी सोधपुछ गर्नुपर्छ भनि योजना बनाई म, भविन राई र लाक्पा शेर्पालाई काठमाण्डौमा छाडी मोहन काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुक बहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एल.बि.मगर, सानु बन, बालकृष्ण, खत्रीलाई गोरे भन्ने चुडामणी उप्रेतीले के कुन गाडीमा हाली सिन्धुलीको खनीया खर्कमा पु¥याई होटलमा खाना खाई होटल भित्र मिटिङ गरेपछि मोहन काफ्लेले गोरे भन्ने चुडामणी उप्रेतीलाई मलाई ५ मिनेट दिनु म सबै पत्ता लगाउछु भनि तक्ले, एल.बि.मगर, सानु बन, बालकृष्ण, खत्रीलाई एउटा कोठामा राखी सोधपुछ गरेछ ।

सबैले भुर्जुन भोटेले लगेको छ भन्ने निश्कर्ष निकाले पछि सबै जना त्यहाबाट काठमाण्डौ फर्की भुर्जुन भोटेको बारेमा सोधपुछ गर्न निजको साला नाता पर्ने डेबिटलाई बोलाई सोधपुछ गर्दै गर्दा काठमाण्डौ आउनासाथ सानु बन आफ्नो परिवार समेतलाई के कता लगी हाम्रो सम्पर्कबाट गायब भयो । डेबिटबाट पनि भुर्जुन गुरुङ्गले लगेको हो भन्ने कुरा एकिन हुन सकिएन र सनम शाक्यले त्यही क्रममा मेरो सालाको बिहे छ भनि गोरे भन्ने चुडामणी उप्रेतीलाई सोधी फ्लाईटबाट जान्छु भनि एयरपोर्ट तर्फ गयो भने त्यसको भोली पल्ट २० प्न् सुन प्रहरीले एयरपोर्टबाट समातेको समाचार आएपछि गोरे भन्ने चुडामणी उप्रेतीले सुन प्रहरीले समात्यो सबै जना सेभ साईट बस्नु भनि सबैलाई आदेश दियो ।

त्यस पश्चात मोहन काफ्ले पनि आफु खुसी नं.एकिन भएन हामीहरुले चलाईरहने गाडी मध्ये एउटा गाडी लिएर हिड्यो र एयरपोर्टमा प्रहरीले समातेको सुनको बारेमा हल्ला मात्रै रहेछ भनि थाहा भएपछि मोहन काफ्लेलाई गोरे भन्ने चुडामणी उप्रेतीले फर्की भनि खबर गर्दा त्यो बेलामा बर्दिबास आईसकेको रहेछ त्यहीबाट फर्कीन भन्दा नफर्की आफु खुसी पुर्ब लाग्यो सो बेलामा मोहन काफ्लेसँग सनम शाक्य पनि रहेछन सो कुरा पछी थाहा भयो । हामीहरुले सानु बनलाई खोज्न थाल्यौँ र सानु बनको टिममा रहेका एयरपोर्ट भित्रका कर्मचारी तक्ले, एल.बि.मगर, बालकृष्ण, खत्रीलाई सानु बनको बारेमा सोधपुछ गर्न थाल्यौँ ।

सानुबन हराएको ४ दिन पछि एयरपोर्ट मै रहेको कुरा जानकारी भयो र म, गोरे भन्ने चुडामणी उप्रेती, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्य, टुक बहादुर मगर, सुरेन्द्र गौतम, रुस्तम मियाँ, कृष्ण बस्नेत, कृष्ण भन्ने नरेन्द्र कार्की, एल.बि.मगर र भोजराज भण्डारी भई एयरपोर्टको गेट बाहिर गई बसि सानु बनलाई बोलाउनको लागी एल.बि.मगरलाई एयरपोर्ट भित्र पठाउदा एल.बि.मगरले सानु बन बाहिर नआउने खबर ल्यायो । त्यसपछि पुनः एल.बि.मगरलाई सानु बनलाई बोलाउनको लागी भित्र पठाई निज बाहिर आएको ५ मिनेट पछि सानु बन नेपाल आयल निगमको ट्याङकरले किची मृत्यु भयो भन्ने खबर आएपछि हामी सबै जना एयरपोर्टबाट फर्की म, सुरेन्द्र गौतम, टुक बहादुर मगर, कृष्ण भन्ने नरेन्द्र कार्की मेरो कोठा काठमाण्डौँको बानियाटारमा गई बस्यौँ भने कृष्ण बस्नेत, गोरे भन्ने चुडामणी उप्रेती, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहीत आचार्य र भोजराज भण्डारी समेत कोही ट्याक्सीमा र कोही नाईट बसमा पुर्ब तर्फ लागे ।

सो टिम पुर्ब तर्फ आएको खबर मोहन काफ्ले र सनम शाक्यले थाहा पाई निजहरु आफ्नो घर उर्लाबारीबाट भारतको आसाम तर्फ गएको जानकारी भएपछि गोरे भन्ने चुडामणी उप्रेतीहरुले मोहन काफ्ले र सनम शाक्यको परिवारलाई फोन गरी तिमीहरुको श्रीमान कहाँ छ भनि दबाब दिन थालेछन । निजहरु आसाममा रहेको खबर थाहा भएपछी निजहरुलाई गोरे भन्ने चुडामणी उप्रेतीले भारतको सिलगुढीमा भेट्न भनि समय दिएपछि निजहरुको सिलगुढीमा भेट भई किन भागेको भनि मोहन काफ्ले, सनम शाक्य र गोरे भन्ने चुडामणी उप्रेती सँगै गएका सुरेन्द्र गौतम, रुस्तम मियाँ, कृष्ण बस्नेत, कृष्ण भन्ने नरेन्द्र कार्की समेतलाई कुटपिट भएको रहेछ ।

२÷३ दिन सिलगुढी मै बसेपछि पुनः सिलगुढीबाट फर्की रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, सनम शाक्यलाई घर तर्फ छाडी बाँकी टिम लिई गोरे भन्ने चुडामणी उप्रेती काठमाण्डौ फर्कियो र पुनः एयरपोर्टका कर्मचारीहरु एल.बि.मगर, बालकृष्ण, खत्री, तक्लेलाई बोलाई सोधपुछ गर्न थाल्यो । सोधपुछको क्रममा कृष्ण भन्ने नरेन्द्र कार्कीको मोबायलमा रुस्तम मियाँले एयरपोर्टको सानु बनलाई सोधपुछ गर्दा खेरी गरेको रेकर्ड कृष्ण भन्ने नरेन्द्र कार्कीले गोरे भन्ने चुडामणी उप्रेतीको मोबायलमा पठाएको रेकर्ड सुन्दा उक्त रेकर्डमा रुस्तम मियाले सानु बनलाई यो मैले सिकाएको कुरा गोरे भन्ने चुडामणी उप्रेतीलाई भन् भनेको कुरा थाहा पाएपछि रुस्तम मियाँ माथी पनि शंका हुन थाल्यो र सो रेकर्डको क्रममा मोहन काफ्ले समेत रहेको कुरा रेकर्डको आवाजबाट सुनेपछी मोहन काफ्ले माथी पनि शंका बढ्न थाल्या ।

मोहन काफ्ले र सनम शाक्यलाई घरमै छोड्दा पनि त्यति ठुलो रकमको सुन हराएकोमा निजहरुले वास्ता नगरी फोन सम्पर्क समेत नगरी लामो समय सम्म घरमै बसेपछि निजहरू माथि झन शंका बढ्न थाल्यो । कृष्ण भन्ने नरेन्द्र कार्कीलाई निजको घरबाट काठमाण्डौँ बोलाई निजको मोबायल खोसी निजलाई कुटपिट गरी निजको मोबायलमा भएको रेकर्ड चेक गर्दा उक्त मोबायलमा सनम शाक्यको भिडियोको क्लिप हेर्दा सनम शाक्य आत्तिएको जस्तो देखिन्थ्यो । उक्त लुटिएको सुनमा मोहन काफ्ले, सनम शाक्य, रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की माथी शंका बढेपछी कृष्ण भन्ने नरेन्द्र कार्कीलाई काठमाण्डौमा राखी मिति २०७४।११।१३ गते दिउसो अं.१२ः०० बजेको समयमा म, दावा शेर्पा, लाक्पा शेर्पा बा १२ च ५९६३ नं.को स्कार्पियो गाडीमा र सुरेन्द्र गौतम, टुक बहादुर मगर, भोजराज भण्डारी र गोरे भन्ने चुडामणी उप्रेती मे १ च ५३९५ नं.को गाडीमा चढी सिधै झापाको दमक स्थितमा रहेको कामक्ष होटलमा राती करीब १०ः०० बजे तिर आईपुगी सो रात त्यही बस्यौ ।

त्यसको भोली पल्ट मिति २०७४।११।१४ गते बिहान अं.०६ः०० तिर म, लाक्पा शेर्पा र दावा शेर्पा बा १२ च ५९६३ नं.को स्कार्पियो गाडीमा रुस्तम मियाँलाई लिनको लागी झापाको चारआली पुगी रुस्तमलाई फोन सम्पर्क गरी भेटी निजलाई लिएर आउदै गर्दा मैले मेरो मोबायल नं.९८५१०९९२६६ बाट दावा शेर्पाको हाल एकिन नभएको मोबायल नं.मा फोन गरी गोरे भन्ने चुडामणि उप्रेतीलाई दिन लगाई उसँग कुरा गरी कहाँ लिएर आउनु भन्दा उसले उर्लाबारीको किसान चौक भित्रको कान्छी चोकमा आउनु भनेपछि, सो स्थान लाक्पा शेर्पालाई थाहा रहेछ ।

हामी कान्छी चोकमा आई पुगेपछि त्यहा गोरे भन्ने चुडामणी उप्रेतीलाई नभेटेपछि पुनः सोही नं.मा फोन गर्दा मलाई गोरेले लाक्पालाई फोन दे भनेपछि मैले लाक्पालाई फोन दिई के कुन ठाउँमा आउने भनी लाक्पालाई भन्यो र लाक्पा पुर्ब घर भएकोले सो स्थानको बारेमा लाक्पालाई थाहा रहेछ । लाक्पाले बताए बमोजिम मैले गाडी चलाई हाल रहेको घटनास्थलमा पुगेपछि गाडीबाट रुस्तम मियाँलाई झारेपछि गोरे भन्ने चुडामणी उप्रेतीले रुस्तम मियाँलाई हाल बरामद भएका सेतो पाईपहरुले पिट्न थाल्यो केहि समय पिटेपछि मोहन काफ्लेलाई ल्याउने कुरा भई चुडामणी उप्रेती, भोजराज भण्डारी र दावा शेर्पा मे १ च ५३९५ नं.को गाडीमा गई मोहन काफ्लेलाई लिएर आए ।

मोहन काफ्लेलाई गोरे भन्ने चुडामणी उप्रेतीले हाल बरामद भएका सेतो पाईपहरुले पिट्न थाल्यो निजलाई पनि केही समय पिटेपछि मोहन काफ्लेलाई सनम शाक्यलाई बोला भनि निजकै मोबायलबाट फोन गर्न लगाई कान्छी चौकमा आउनु भनेपछि गोरे भन्ने चुडामणी उप्रेती, भोजराज भण्डारी, दावा शेर्पा र सुरेन्द्र गौतम मे १ च ५३९५ नं.को गाडीमा गई सनम शाक्यलाई लिएर आए र सनम शाक्यलाई पनि गोरे भन्ने चुडामणी उप्रतीले हाल बरामद भएका सेतो पाईपहरुले पिट्न थाल्यो । केही समय पिटेपछि हामीहरुले होटलबाट प्याक गरी ल्याएको खाना सबै जना बसि खायौँ ।

सोही दिनको करीब ३÷४ बजे सम्म सोधपुछ गरेपछी ल जे भयो भयो तिमीहरुलाई चोट पनि लागेको छ राम्रोसँग उपचार गर भनि गोरे भन्ने चुडामणी उप्रेतीले मोहन काफ्ले, सनम शाक्य, रुस्तम मियाँलाई जनही रु.२५,०००÷२५,०००।– दियो र हामी सबै जना झापाको दमक स्थित रहेको कामक्ष होटलमा गयौँ र त्यहा सबै जना मिली पार्टी खान थाल्यौँ । सोही क्रममा गोरे भन्ने चुडामणी उप्रेतीले माधब घिमिरे भन्ने ब्यक्तीलाई फोन गरी बोलायो र निजलाई लिन गाडी समेत पठाएको थियो, निज पनि आएपछी पार्टी खान थालियो र खाईसकेपछी मोहन काफ्ले, माधब घिमिरे र सनम शाक्य मे १ च ५३९५ नं.को गाडी लिई घर उर्लाबारी तर्फ गए भने रुस्तम मियाँ र लाक्पा शेर्पा पनि चारआली तर्फ गए भने बाँकी रहेका म, सुरेन्द्र गौतम, दावा शेर्पा, टुक बहादुर मगर, गोरे भन्ने चुडामणी उप्रेती र भोजराज भण्डारी होटलमा नै बस्यौँ ।

त्यसको भोलीपल्ट मिति २०७४।११।१५ गते बिहान पिकनिक जाने कुरा भई बेलुका गएका मध्ये रुस्तम मियाँ र लाक्पा शेर्पा बाहेक सबै जना भेला भई मोरङ जिल्लाको पथरी र मंगलबारेको बिच भागबाट रोड छाडी सो रोडबाट उत्तर तर्फ जाने बाटो गई ह्याबन भन्ने ठाउँमा पुगी त्यहि पिकनिक खान भनी बस्यौँ केहि बेरमा पुर्ब तर्फकै गोरे भन्ने चुडामणी उप्रेतीले हरहिसाब गर्न राखेको मलाई नाम थर थाहा नभएको ब्यक्ति आयो र ऊ समेत भई हामी सबैले पिकनिक खायौँ ।

सो बेलामा हाल बरामद भएको म्याट्रेस, त्रिपाल र भाडाकुडा समेत मोहन काफ्लेले लिएर आएको थियो र पिकनिक खाईसकेपछि हामी सो स्थानबाट बेलुका करीब ७ः०० बजे तिर झापाको दमक स्थित रहेको होटलमा बसेका होटलमा नै गयौ भने घरमा जाने घरमानै गए र हामी होटलमा बसेका होटलमा पुगी खाना खाने तरखर गर्दै थियौ सोही बेलामा मोहन काफ्लेले दावा शेर्पालाई मातेको आवाजमा फोन गरी गाडी लिएर आईज भन्यो । दावाले गाडीमा तेल छैन भन्दा पनि तेल म हाल्छु भन्दै कराएको आवाज सुनेपछि सो भन्दा पहिला नै एयरपोर्टका कर्मचारी तक्ले र एल.बि.मगरलाई लिएर पुर्ब तर्फ आउदै गर्नु भनि रोहित आचार्य, कृष्ण बस्नेत र राजन भन्ने चालकलाई गोरे भन्ने चुडामणी उप्रेतीले बोलाई सकेको हँुदा अब यो मोहनले काठमाण्डौबाट आएको टोलीलाई जे पनि गर्न सक्छ भनी निजहरूलाई सेभ गर्न राती नै म, गोरे भन्ने चुडामणी उप्रती, सुरेन्द्र गौतम, टुक बहादुर मगर, भोजराज भण्डारी र दावा शेर्पा बा १२ च ५९६३ नं.को स्कार्पियो गाडीमा जादै गर्दा सिराहाको लाहानमा पुगेपछी काठमाण्डौमाबाट आएका रोहित आचार्य, कृष्ण बस्नेत, तक्ले र एल.बि.मगरसँग लाहानमा भेट भयो र हामी पुग्दा मिति २०७४।११।१६ गतेको बिहान भई सकेको थियो र भेट भएपछि हामी सबै जना लाहान देखी केही भित्र रोहित आचार्यको गाउँको खाली चौरीमा गई सबै जनालाई सोधपुछ भयो ।

सोधपुछ गर्दा केही कुरा नआएपछि मोहन काफ्ले, सनम शाक्य र रुस्तम मियाँलाई पनि लाहानमा आउनु भनेकोले निजहरु मे १ च ५३९५ नं.को गाडी लिई लाहान तर्फ जाने क्रममा उक्त गाडीले सप्तरीको कल्याणपुरमा एउटा मोटरसाईकललाई ठक्कर दिएको कुरा जानकारी भयो, त्यसरी दुर्घटना भए पछि मे १ च ५३९५ नं.को गाडी सहित सो गाडीमा रहेको रूस्तम मिँयालाई प्रहरीले नियन्त्रणमा लिएकाछन् र पछि हामीहरू सबै जना कल्याणपुरमा आई गाडी रोकी उक्त दुर्घटना भएको गाडी र रुस्तम मियालाई छुटाउन भनेर गोरे भन्ने चुडामणी उप्रेती, भोजराज भण्डारी, दावा शेर्पा, सनम शाक्य र मोहन काफ्ले गई के कति पैसा खर्च दिई उक्त गाडी र रुस्तम मियाँलाई छुटाई हामी सबै जना ३ वटा गाडीमा धरान स्थित बि.पी.को.स्वा.वि.प्र.धरानको हाता भित्र रहेको निर्भाना कन्ट्री क्लबमा रहेको दुईवटै भवनको कोठाहरू ब्यवस्था गरी बस्याँै ।

भोलि पल्ट मिति २०७४।११।१७ गते बिहानै सबै जना हामीले ल्याएको ३ वटा गाडीमा चढी हाल रहेको घटनास्थलमा गयौँ र त्यहा पुगेपछि लाक्पा शेर्पा झापा चारआली स्थित निजकै घरमा रहेको हुँदा निजलाई समेत बोलाई निज पनि आएपछि रुस्तम मिया, लाक्पा शेर्पा र तक्लेलाई हामीले खाना खान बनाएको चुलो नजिकै हात खुट्टा बाधी दिई गोरे भन्ने चुडामणी उप्रेतीले सनम शाक्य र मोहन काफ्लेलाई कुट्न र करेन्ट लगाउन लागाएपछि हाल बरामद भएको पाईपले सनम शाक्य र मोहन काफ्लेले रुस्तम मिया, लाक्पा शेर्पा र तक्लेलाई कुटदै करेन्ट समेत लगाउन थाले ।

सोहि क्रममा मोहन काफ्लेले के कहाँबाट के कति खेर ग्यालेनमा पेट्रोल समेत राखी ल्याएको रहेछ, कुटपिट गर्दै सुन कहाँ छ भन्छस भने भन् नत्र यहि पेट्रोल समेत खन्याई जलाई यहि मारी दिन्छू भनी पेट्रोल खन्याउन लागेको थियो तर गोरे भन्ने चुडामणी उप्रेतीले पेट्रोल हाल्न दिएन । आधा घण्टा जति पाईपले कुटने र करेन्ट लगाउने काम भयो र केहि बेरमा खाना सोहि स्थानमा पकाई सबैले खाना खाई रुस्तम मिया, लाक्पा शेर्पा र तक्लेको हात खुट्टामा बाधेको डोरी खोली निजहरूको घरमा फोन गर्न लगाई सामान्य कुरा गर्न लगाईयो ।

सबै जना सोहि स्थानमा बसी बेलुका चार साडे चार तिर गोरे भन्ने चुडामणी उप्रेती, दावा शेर्पा र अन्य एक दुई जना को को एकिन भएन सो स्थानमा छाडी हामी अरु बाँकी रहेका दुई ओटा गाडीमा चढी पुनः धरान स्थित रहेको निर्भाना कन्ट्री क्लबमा गयौँ । हामी पुगेको केहि बेरमा कृष्ण भन्ने नरेन्द्र कार्की र भबिन राई समेतलाई लिई गोरे भन्ने चुडामणी उप्रेतीको टिम पनि आई पुग्यो र बेलुकी गोरे भन्ने चुडामणी उप्रेतीले मोहन काफ्लेलाई अब तेरो पालो को कसलाई के के गरेर हुन्छ पत्ता लगा भन्यो त्यसपछी मोहन काफ्ले र सनम शाक्यले कृष्ण भन्ने नरेन्द्र कार्की, लाक्पा शेर्पा र भबिन राईलाई कपडा खोली नाङगै बनाई पाईपले कुट्न थालेपछि निजहरू पिडा सहन नसकेर कराउन थालेपछि निजहरूको मुखमा कपडा कोची दिई झन् बढी कुटन थाले, हामीहरू सबै जना अगाडी नै बसेर हेरिरहेका थियौ ।

करिब एक ढेड घण्टा कुट्दै मुखमा कोचेको रूमाल निकाल्दै सोधपुछ गर्दा भबिन राईले सुन हराएको दिन सनम शाक्य काठमाण्डौँमा नै रहेको र सुन हराएको जानकारी पाउदा समेत म पुर्बमा छू भनी ठगेको र सो कुरा मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्कीलाई समेत जानकारी भएको कुरा पत्ता लाग्यो र सालोको बिहेमा घर उर्लाबारी जान्छू भनी भनेको तर सो ठाउँमा नगई निशा सिंह ठकुरीसँग काठमाण्डौको होटलमा बसेको कुरा खुल्यो । त्यस पछी राती नै खास दोषी त सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले रहेछ भनी करिब रातको १२÷१ बजे तिर पुनः सबैलाई गाडीमा राखि काठमाण्डौ तर्फ जाऊ भन्दै गर्दा होटलको बिल मिलाउन भनि कृष्ण बस्नेत र तक्लेलाई होटलमानै छाडी अरु सबै बाँकी गाडीमा चढी जंगलै जंगलको बाटो कोशी ब्यारेज छेउ पुगी गोरे भन्ने चुडामणी उप्रेतीले के कुरा सोची पुनः कोशी ब्यारेजबाट फर्की हाल रहेको घटनास्थलमा आउदा मिति २०७४।११।१८ गते बिहानको करीब ६÷७ बजेको थियो ।

हामी भन्दा अगाडि गोरे भन्ने चुडामणी उप्रेती, मोहन काफ्ले, भोजराज भण्डारी र दावा शेर्पा चढेको गाडी म चढेको गाडी भन्दा अगाडि नै रहेकोले निजहरु अगाडीनै घटनास्थलमा आईसकेछन र म समेत पुग्दा खाना पकाई खाएको घटनास्थलमा मोहन काफ्लेको हात खुट्टा बाधी गोरे भन्ने चुडामणी उप्रेतीले पाईपले कुटदै थियो र सनम शाक्य र कृष्ण भन्ने नरेन्द्र कार्की म चढेको गाडिमा रहेको हुँदा निजहरूलाई समेत भूईमा झारी हात खुट्टा बाँधी पाईपले कुटन थालियो ।

केहि बेर कुटेपछि गोरे भन्ने चुडामणी उप्रेती, लाक्पा शेर्पा र राजन भन्ने डाईभर गाडी लिएर के सोचि माधब घिमिरेलाई लिन गई आउदा गोरे भन्ने चुडामणी उप्रेती आएपछि रूखमा बाधेर यिनीहरुलाई पिट भने पछि म, सुरेन्द्र गौतम, टुक बहादुर मगर र लाक्पा शेर्पाले हाल खाना पकाई खाएको र पिटेको स्थानबाट करिब २४५ फिट पश्चिम जंगल बिचमा लगी मलाई फोटोमा देखाईएको संकेत नं.१ दिईएको रूखमा सनम शाक्यलाई, संकेत नं.२ दिईएको रूखमा मोहन काफ्लेलाई र संकेत नं.३ दिईएको रूखमा कृष्ण भन्ने नरेन्द्र कार्कीलाई बाँधी मैले कृष्ण भन्ने नरेन्द्र कार्कीलाई मुखमा कपडाको बुजो खादी हाल बरामद भएको पाईपले हात खुट्टा र जिउमा हिर्काउन थाले भने, लाक्पा शेर्पाले पनि मैले कुटेको तरिकाले मोहन काफ्लेलाई कुट्न थाल्यो । टुक बहादुर मगरले सनम शाक्यलाई मेरै तरिकाले कुटन थाल्यो भने सुरेन्द्र गौतमले हातमा पाईप लिई तिनै जनालाई राउण्ड लगाई पालै पालो कुटन थाल्यो । हामीहरुले कुटदै मुखको बुजो निकाल्दै सोधपुछ गर्दा पनि नबताए पछि पुनः पहिले जस्तै तरिकाले कुटपिट गर्न थालियो । सोहि क्रममा खोला तिर मान्छेको चहल पहल बढ्न थाले पछि गोरे भन्ने चुडामणी उप्रेतीले यहा मान्छेले थाहा पाउछन् यिनीहरुलाई गाडीमा राखी करेन्ट लगा भने पछि निजले बताए बमोजिम तिनै जनालाई बाधेको रूखबाट खोली सनम शाक्य र मोहन काफ्लेलाई हाल बरामद भई आएको बा १२ च ५९६३ नं.को स्कारपियो गाडीको पछाडिको सिटमा लगी हात खुट्टा बाधी मैले र सुरेन्द्र गौतमले करेन्ट लगाउन थाल्यौ भने कृष्ण भन्ने नरेन्द्र कार्कीलाई लाक्पा शेर्पा र टुक बहादुर मगरले हाल बरामद भएको मे १ च ५३९५ नं.को टाटा हाईलेक्स गाडीमा लगी सबै तिरको झ्याल ढोका बन्द गरी गाडीको म्युजिक खोली आवाज बढाई मुखमा बुजो कोची करेन्ट लगाउन थालियो ।

करेन्ट लगाउने क्रममा मैले र सुरेन्द्र गौतमले करेन्ट लगाएका मोहन काफ्ले र सनम शाक्य मध्ये सनम शाक्य बेहोस भएपछि बेहोस भएको कुरा गोरे भन्ने चुडामणी उप्रेतीलाई जानकारी गराउदा जब सम्म भन्दैन तब सम्म मरे मरोस करेन्ट लगाई राख भन्यो र म पुनः गाडी भित्र पसी बेहोस अवस्थामा रहेका सनम शाक्यलाई करेन्ट लगाउन थाले त्यसरी करेन्ट लगाउदै जाँदा केहि बेरमा सनम शाक्यको सासको धडकन बन्द भयो त्यसपछि म¥यो कि भनी हेर्दा सासको धडकन नचलेपछि यसलाई मर्न त दिनु हुदैन भनी हतार हतार राजन भन्ने ड्राईभरलाई बजार तर्फ ग्लुकोज लिन मैले पठाए । ग्लुकोज लिएर आएपछि निजको मृत्यु भई सकेको हँुदा अब के गर्ने भनी हामी सवै बिच सर–सल्लाह हुन थाल्यो र सनम शाक्यको मृत्यु भएपछि अरूलाई पनि करेन्ट लगाउन छाडियो र उक्त लाशलाई के कसरी ठेगान लागाउने भनी सल्लाह हँुदा कसैले कोशीमा, कसैले त्रिसुलीमा फाली दिनुपर्छ र कसैले काल्पनिक एक्सीडेन्ट जस्तो देखिने गरी बनाई छाडी दिनुपर्छ भने तर गोरे भन्ने चुडामणी उप्रेतीले जंगलमानै खाल्डो खनी पुरि दिनुपर्छ भनेपछि गोरे भन्ने चुडामणी उप्रेतीले लाक्पा शेर्पा र टुक बहादुर मगरलाई खाल्डो खन्न लगायो र सोहि बेलामा होटलमा रहेका कृष्ण बस्नेतलाई गोरे भन्ने चुडामणी उप्रेतीले फोन गरी तक्लेलाई काठमान्डाँै पठाई दिनु भनीसकेको थियो ।

खाल्डो केहि खनेपछि उसले के कता फोन सम्पर्क गरी खाल्डो खन्न छोड्दे भन्यो त्यसपछि सबै जना केहि बेर घटनास्थलमानै बसी करिब बेलुकीको ४ः०० बजे तिर सनम शाक्यको लाश माथि तौलिया राखी बिरामी भएको जस्तो देखाई उक्त गाडीमा म, सुरेन्द्र गौतम, टुक बहादुर मगर, रोहित आचार्य, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पा चढ्यौ भने अरू साथीहरू अन्य गाडीमा चढी हामी धरान स्थित निर्भाना कन्ट्री क्लबमा पुग्यौँ । त्यहा पुगेपछि कोहि बियर खान थाले कोहि गफ गरेर बस्न थाले, सो बेलामा सबै भेला हँुदा पनि माधब घिमिरे भन्ने ब्यक्ति के कता गए थाहा भएन ।

हामीहरू सो रात त्यहि बसी बिहान मात्र हिड्ने योजना थियो तर त्यसरी बसेको १५÷२० मिनेट पछि गोरे भन्ने चुडामणी उप्रेतीलाई को कसले फोन गरी सनम शाक्य मरेको खबर उर्लाबारीमा हल्ला भई सक्यो भन्ने जानकारी पाएपछि अब हामीहरू सो स्थान छाडी तितर बितर हुने योजना भयो र योजना मुताबिक भबिन राई, रुस्तम मिया, रोहित आचार्य र राजन भन्ने ड्राइभर काठमाण्डौ जानु भनी सबैलाई गोरे भन्ने चुडामणी उप्रेतीले ३÷३ हजार पैसा दिई पठाई दियो भने मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीले यो घटनाबारे हामी पनि कसैलाई भन्दैनौ, हामी आज अन्य होटलमा गई बस्छाँै भनी गोरे भन्ने चुडामणी उप्रेतीलाई भनेपछि उसले हुन्छ भनी हामीसंगै ल्याएको मे १ च ५३९५ नं.को टाटा हाईलेक्स गाडी दिएर पठायो ।

सो पश्चात गोरे भन्ने चुडामणी उप्रेतीले निजको श्रीमती निरु भन्ने नर्वदा खरेल र निजको भाई रमेश उप्रेती लगायतलाई फोन गरी सनम शाक्यको मृत्यु भएको कुराको जानकारी गराए । सो पश्चात गोरे भन्ने चुडामणी उप्रेतीले हेटौडामा हाम्रो क्ए मामा छन भनी को कुन व्यक्तिलाई फोन गर्दा निजले के कुन कुरा गरेर फोन राखिदिए । सो पश्चात गोरे भन्ने चुडामणी उप्रेतीले संजेल मामालाई फोन गर्छु भनी संजेल मामा भन्ने व्यक्तिलाई फोन गरी सनम शाक्यको मृत्यु भएको जानकारी गराई मामा केश मिलाईदिनु तपाईलाई नेपाली रु.२ करोड दिन्छु भन्दा निज संजेल मामा भन्ने व्यक्तिले के कुन कुरा गरि फोन राखे पश्चात निजले मलाई सनम शाक्यको लाश जिम्मा लेउ म तिम्रो परिवारलाई नेपाली रु.५० लाख दिन्छु र तिम्रो परीवारलाई समेत सेटल गरिदिन्छू भनेको र मैले समेत निजको कुरामा सहमती जनाएको थिए ।

सो पश्चात गोरे भन्ने चुडामणी उप्रेतीले हामीहरुलाई धरान तर्फ जाँउ भनेकोले म लगायतको टिम जिल्ला सुनसरी धरान उपमहानगरपालीका स्थित निर्भाना कन्ट्री क्लबमा आएको केहि समय पश्चात गोरे भन्ने चुडामणी उप्रेतीलाई उर्लाबारीबाट को कुन व्यक्तीले फोन गरी उर्लाबारीमा सनम शाक्यको हत्या भएको कुराको हल्ला चलेको छ भनी जानकारी गराएछन ।

त्यसपछि हामिहरु सबैजना उक्त स्थान छाडि आ–आफ्नो गन्तव्य तिर लाग्ने योजना बनाई गोरे भन्ने चुडामणी उप्रेतीले मेरो अपराध महाशाखाको प्रहरी संग सबै कुरा भईसकेको छ तैले अपराध महाशाखाको टोलि नआउन्जेल सम्म धरानका बिभिन्न स्थानहरुमा मृतक सनम शाक्यको लाशलाई बा १२ च ५९६३ नं.को गाडिमा राखेर घुमाउदै गर्नु र अपराध महाशाखाबाट प्रहरीको टोली आईपुगेपछि तलाई भेटि सबै कुराहरु उनिहरुले नै मिलाउछन तैले चिन्ता लिनु पर्दैन र तलाई जसरि पनि अदालतबाट निकाल्ने काम मेरो हो भनी मलाई बिश्वास दिलाई गोरे भन्ने चुडामणी उप्रेती सहितको टिम मलाई सोहि स्थानमा छाडी गएपछि गोरे भन्ने चुडामणी उप्रेतीले भने बमोजिम मैले पनि निर्भाना कन्ट्री क्लबबाट लाश सहितको गाडि चलाई बाहिर निस्केर धरानको तिनकुने स्थित जंगलमा घुम्दै गर्दा निक्कै बेर सम्म पनि अपराध महाशाखा बाट प्रहरीको टोली आईनपुगेको हुँदा पहिले मेरो श्रीमती, सासु लगायतलाई फोन गरे र पछी गोरे भन्ने चुडामणी उप्रेती संग छुटिने बेलामा निजले अपराध महाशाखाको संजेल मामाको नं.हो भनी दिएको ९८०३६७९००८ नं.मा रातको अं.२०ः०० बजेको समयमा मेरो नं.९८५१०९९२६६ बाट फोन सम्पर्क गरि कहाँ आईपुग्नु भयो भनि सोध्दा निज संजेल मामा भन्ने व्यक्तीले काभ्रे जिल्लाको भकुण्डेबेसी  आइपगेको जानकारी भयो । पहिलो किताब डट कम बाट  साभार गरिएको