मेची राजमार्ग अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने सडक–खण्डमा शुक्रबार बिहान भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ बर्ने गैह्रीखेतका २५ बर्षिय अमृत मगर रहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

बुधबारेबाट घर जाने क्रममा उनी दुर्घटनामा परेका थिए । उनी चडेको मे ८ प ५५६१ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल अनियन्त्रित भई नालीमा पसेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गम्भिर घाईते भएका उनलाई स्थानीयले तत्काल बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा पुर्याएको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो १२ बजे मृत्यू भएको प्रहरीले जनाएको छ । उनी स्थानीय मुनामदन एकाडेमीका पूर्व बिद्यार्थी तथा हाल सोही बिद्यालयमा अध्यापन गर्दै आएका थिए । आमसन्चार बाट