प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ ।

रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।

उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।

सिण्डिकेट माग गर्दै यातायात बन्द गराएकाे अाराेपमा उनी पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

https://youtu.be/W5bel1ecsAY