इनरुवा । पम्पमा पेट्रोल भर्न जादा आगलागी हुँदा हरिनगर गाउँपालिका वडा नं. १ मा मोटरसाइकल जलेर नस्ट भएको छ ।
बिहीबार साझ साविकको रामनगर भुटाहा वडा नं. १ हाल हरिनगर १ मा रहेको सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्पमा अबदुल मतिनले मोटरसाईकलमा तेल लिएर फर्किने क्रममा अचानक आगलागी हुँदा मोटरसाइकल पुर्ण रूपमा क्षतिग्रस्त भएको हो ।
इनरुवा देखि घर फर्किने क्रममा पेट्रोल भर्न गएको को.३० प. ८२१३ नम्बरको अपाचे ब्राण्डको मोटरसाईकलमा आगलागी भएको हो। अबदुल मतिन मिया सवार उक्त मोटरसाईकल कोशी हार्डवेयर रामनगर भुटाहाको नाममा दर्ता रहेको स्थानीय पत्रकार अन्सार अन्सारीले बताए ।










