बैशाख २१ गते।

मोरङको  रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको  ३ बर्षिया छोरी  सुजिका कार्की रहेकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपालथानको क १ ख २७८१ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो। ठक्करबाट बालिकाको घट्नास्थलमानै मृत्यु भएको हो। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्।