दमक ,बैशाख २१ राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको पाँचौ अधिवेशनले आज डाक्टर नविन चापागाईलाई पुन ः अध्यक्षमा निर्विरोध चयन गरेको छ । सुरुङ्गाको कोटीहोममा भएको जिल्ला अधिवशेनले डाक्टर चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा धनञ्जय बास्कोटा , उपाध्यक्षहरुमा ममता पाठक , गोपी कृष्ण भटराई , डिल्ली राम मैनाली , राम प्रसाद मैनाली र मनकुमार गदाल चयन भएका हुन् । सचिवमा नविन योगी , सहसचिवमा टिकाराम नेती र कोषध्यक्षमा चैतन्य बराल सर्व सम्मत चयन हुनु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसै गरी सदस्यहरुमा श्याम कृष्ण पौडेल , कृष्ण प्र. घिमिरे , तारा कुमार कुवँर , सकुन्तला गुरागाई , पदम बहादुर कुँवर निर्मला राई , जानुका बास्कोटा ,धन बहादुर बुढाथोकी , बेनु निरौला , होम प्रसाद दुलाल गंगा राम दाहाल र भवानी लुइटेल चयन हुन भएको छ । अधिवेशन प्रतिष्ठानका केन्द्रीय सदस्य सुमित्रा प्रसाईको प्रमुख अतिथिमा भएको थियो ।

नव निर्वाचित कार्यसमितिलाई केन्द्रीय सदस्य प्रसाईले शुभकामना दिदै मानव अधिकारको क्षेत्रमा झापालाई नमुना जिल्ला बनाउन सक्रिय रुपमा लाग्न पनि सुझाव दिनु भयो । सो अवसरमा मानव अधिकारको क्षेत्रमा पुराएको योगदानको कदर गदै जिल्लाले प्रतिष्ठानको केन्द्रिय सल्लाहकार कोमल प्रसाईलाई दोसल्ला ओढाएर सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।