काठमाडौं –तीनदिनदेखि जारी संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको छैठौ बैठकले पार्टीको प्रथम महाधिवेशनको मिति तय गर्नेदेखि, संविधान संशोधन, सरकारमा सहभागिता र पार्टी कार्यालयको आफ्नै भवननिर्माण गर्ने लगायतको निर्णय गरेको छ ।

काठमाडौंमा शनिबार अबेर साँझ सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी माघ २७, २८ र २९ गतेका लागि जनकपुरमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकको पहिलो दिनदेखि नै संविधान संशोधनको बारेमा ठोस ढंगले उठेको आवाजलाई मूर्त रुप दिँदै संंविधान संशोधनबारे सरकारसँग लिखित एवं सार्थक सहमति नभएसम्म सरकारमानजाने प्रष्ट पारेको छ । सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्ततु गरेको राजनीतिकप्रतिवेदन, महासचिव रामसहाय प्रसादयादवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र महासचिव रणध्वज कंदङवाद्धारा प्रस्तुतकार्यसम्पादनप्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

तीनकुनेमा केन्द्रीयकार्यालय रहेको फोरम नेपालले ललितपुर महानगरपालिका वडा नं. १४ स्थित रानीबुँमा पार्टीको भवननिर्माण गर्ने निर्णय गर्यो । पार्टीको नाममाहालै खरिद गरिएको सो जग्गामाभवननिर्माणको लागिवरिष्ठ नेताअशोक कुमार राईको संयोजकत्वमा सह–अध्यक्षश्री राजेन्द्र प्रसादश्रेष्ठ समेत रहने गरी ७ सदस्यीय ‘पार्टी केन्द्रीयकार्यालय भवननिर्माण समिति’ गठन गरिएको छ ।

प्रदेश नं. २ को पर्सा जिल्ला, वीरगंजमहानगरपालिकामा पार्टीको केन्द्रीय स्तरको पार्टी प्रतिष्ठान एवम् प्रशिक्षण केन्द्र भवननिर्माण भयो ।

मधेशी, आदिवासीजनजातिलगायतकाविभिन्न समुदायहरुको सामाजिक सांस्कृतिकएवम् धार्मिक पहिचानसँग सम्बन्धित रहेको राष्ट्रिय बिदाहरु कटौतीगर्ने सरकारको निर्णय गलतभएको निष्कर्ष निकाल्दै सो निर्णयलाई फिर्ता लिन बैठकले सरकारसँग माग गरेको छ ।

बैठकले नेपालको संविधानको धारा ५६ को उपधारा (५) माभएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र स्थापना गरी सोको क्षेत्राधिकार समेतको व्यवस्थागर्न माग गरेको छ । त्यस्तै, जन्मसिद्ध नागरिकताप्राप्तगरिसकेका नेपालीनागरिकहरुका सन्तानलाई वंशजको आधारमा नेपालीनागरिकतादिइनु पर्ने समेत आवाज उठाएको छ ।

नीति, सिद्धान्त मिल्ने पार्टी वासंगठनहरुसँग पार्टीगतएकता र मुद्दा मात्रमिल्ने शक्तिहरुसँग कार्यगतएकताएवं मोर्चागत रुपमा अगाडि बढ्ने पार्टीको नीतिलाई निरन्तर रुपमाजारी नै राखिरहने निर्णय भएको छ । यसैगरी, फोरम नेपालको केन्द्रीय बैठकले पदाधिकारीमा रिक्त रहेको पदपूर्ति गर्दै राजनीतिक समिति र केन्द्रीय समितिमामनोनयन गरेको छ ।

बैठकले प्रकाशअधिकारीलाई पार्टीको उपमहासचिवमाचयन गरेको छ । बाँकेबाट प्रत्यक्षनिर्वाचित सांसद इस्तियाक राईनलाई केन्द्रीय सचिवमाचयन गरेको छ ।पाँचजना राजनीतिक समिति र २७जनालाई केन्द्रीय समितिमा बैठकले मनोनयन गरेको छ ।