दमक/झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको आजको खेल आयोजक दमक ११ र त्रिभुवन आर्मी क्लबबीच हुदैछ । आयोजक टिम दमकले आफ्नो पहिलो खेलमा रुपन्देही ११ लाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
आर्मी सिधैं क्वाटरफाइनलमा परेको हो । आर्मी आज पहिलो पटक नै आयोजकसंग भिडदैछ । आर्मीलाइ पछार्नका लागि दमकलाइ दबाब रहनेछ । झापा ११ पहिलो खेलबाट नै बाहिरिएपछि आयोजक दमकमा जितका लागि दबाब बढेको हो ।
गोल्डकप बैशाख २८ गतेसम्म चल्ने छ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने छ । प्रतियोगितामा मोफसल र ए डिभिजनका गरी १० टिमले भाग लिएको गोल्डकप मूल आयोजक समितिका संयोजक भीमराज चम्लागाईले बताए ।










