कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादबीच शुक्रबार तीन पदाधिकारी मनोनयन गरेका छन्।

बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षीय सदस्यहरुले भने विधान र परम्पराको प्रश्न उठाउँदै मनोनयन प्रक्रिया बहिष्कार गरेका खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विधान विपरित गठन भएका संसदीय समिति विघटन र केन्द्रीय कार्यसम्पादन समिति पुनर्गठन गर्ने घोषणा गरेलगत्तै देउवाले विधान संशोधन नै नगरी पदाधिकारी मनोनयन गरेपछि कांग्रेसभित्रको विवाद थप चुलिएको छ। देउवाको कदलमलाई अन्य नेताले सिन्डिकेट भनेका छन्।

कांग्रेस नेता प्रकाशमान सिंहले देउवाले गरेको निर्णय नमान्ने बताएका छन्। सिटौलाले भने पार्टी सभापति देउवाले पार्टी एकलौटी रुपमा कब्जा गर्ने बाटो समातेको भन्दै आपती जनाएका छन्।

पौडेल पक्षले बहिष्कार गरेको बैठकले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई नियुक्त गरेपछि विवाद चुलिएकाे छ।