गुल्मीका २ स्थानमा गएराति बम बिष्फोट भएको छ । जिल्लाको रुरु गाउँपालिका बलेटक्सार र रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासनजिकै २ वटा स्थानमा एकै समयमा बम बिष्फोट भएको हो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले २ छुट्टा छुट्टै स्थानमा बम विस्फोट भए पनि मानवीय तथा भौतिक क्षति नभएको जानकारी दिए ।
रातिको समयमा बम बिष्फोट भएसँगै स्थानिय त्रसित भएका छन् ।
बम कसले विस्फोट गरायो भन्ने खुलेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विष्फोट गराएको हुन सक्ने प्रजिअ शर्माले जानकारी दिए ।
अन्लाइन खबर बाट









