गोकर्ण विष्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
श्रमिकको न्यूनतम बेतन अनिवार्य पाउने गरी कार्यान्वयन गर्नेछौँ । केही समयभित्रै श्रमिकको न्यूनतम बेतन वृद्धि पनि हुनेछ । सामाजिक सुरक्षा कोष कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ । बजारमा भएको रोजगारी र जनशक्तिको तादाम्यता मिलाउने विधि तयार गरिनेछ ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा मनोमानी शुल्क लिने गरिएको छ ।अब केही समयपछि सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण हुने व्यवस्था मिलाउँछौँ ।
यस्तै, रोजगारीका लागि विदेश गएर कोमामा रहेका बिरामीलाई स्वदेश फर्काउन आवश्यक तयारी भइरहेको छ । वैदेशिक रोजगारीमा जाने र फर्कनेहरूको तथ्यांक पनि व्यवस्थित गर्दै छौँ ।










