इलाम , वैशाख २२ – इलामको मेची राजमार्गअन्तर्गत पुवाखोला खण्डमा शनिबार बिहान गाडीमा आगजनी भएको छ ।
नचिनेको मान्छेको समूहले गाडीमा आगजनी गरेको हो । आगजनीबाट दुई लाख बराबरको क्षति भएको बताइएको छ ।
विर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको १ च ७८१५नम्बरको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
बिहानको समयमा राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार नेत्रविक्रचन्द (विप्लप) समूहले बन्दको आह्वान गरेको थियो । बन्दका कारण बिहानैदेखि यस क्षेत्रको जनजीवन सामान्य रुपमा प्रभावित भएको छ । उज्यालो अन्लाइन बाट










