यातायात व्यवसायीहरुले शनिबारदेखि यातायात सुचारु गरेका छन् । सिन्डिकेट यथावत हुनुपर्ने माग राख्दै यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघले बन्दका कारण सर्वसाधारण नागरिकलाई पर्न गएको असुविधाप्रति क्षम याचना गर्दै यातायात सुचारु गरेका छान् ।
यातायात व्यवसायी महासंघले शुक्रबार राति एक प्रेस विज्ञप्ती जारी गर्दै यातायात क्षेत्रमा वर्तमान समयमा देखा परेको समस्याको स्थायी समाधान गर्न सरकारसँग आग्रह गर्दै बन्दका कार्यक्रम फिर्ता गरेको हो । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यद्वारा जारी विज्ञप्तीमा ‘सार्वजनिक यातायातसँग सम्बन्धित महासंघहरुले उठान गरेका मागहरुलाई वार्ताद्वारा समस्या समाधान गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं’, भनिएको छ ।
सरकारले सिन्डिकेट खारेज गरेपछि त्यसको विरोधमा शुक्रबार यातायात व्यवसायीहरु भाडाका सार्वजनिक सवारी साधन बन्द गरी आन्दोलनमा उत्रिएका थिए । सार्वजनिक सवारी साधन बन्दका कारण सर्वसाधारण नगरिकलाई सास्ती भएको थियो ।
सरकारले व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि देशभरका विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारीहरुलाई पक्राउ समेत गरेको थियो । महासंघले व्यवसायी समितिका पक्राउ परेका पदाधिकारीहरुको विना सर्त रिहाईका लागि मागसमेत गरेको छ ।
शुक्रबार गृहमन्त्रीको नेतृत्वमा भौतिक योजना तथा यातायात मन्त्रीको सहभागितामा बसेको बैठकले यातायात समितिका पदाधिकारी तथा व्यवसायीहरुको सम्पत्ति छानविन गर्ने निर्णयसमेत गरेको छ । सरकारले २६ माइक्रोबसका रुट पनि खारेज गरेको छ।
मिडिया एनपी बाट साभार
हेर्नुहोस सवालनेपाल टिभी
https://youtu.be/kWBZySbyccQ










