काठमाण्डौं । गृहमन्त्री रामवहादुर थापा बादलले सिण्डिकेटधारी यातायात व्यवसायीलाई जेल हाल्दिने चेतावनी दिएको दुई घण्टा नवित्दै सिण्डिकेटधारी यातायात व्यवसायीले आफना सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
गृहमन्त्री बादलले सिण्डिकेटधारी यातायात व्यवसायीलाई सामाजिक बहिष्कार गर्न समेत आव्हान गरेपछि उनीहरु दूई कदम पछाडी सर्न वाध्य भएका हुन् । एक विज्ञप्ती जारी गर्दै सिण्डिकेटधारी यातायात व्यवसायीले लचिलो भाषामा वार्ता र संवादको माध्यमबाट समस्या हल गर्न आफुहरु तयार रहेको बताएका छन् ।
उनीहरुले आफना सम्पुर्ण यातायात निर्वाध सञ्चालन गर्ने जनाएका छन् । आन्दोलनको कार्यक्रम निरन्तरता भएको भए नागरिक समाजको अगुवाईमा सिण्डिकेटधारी यातायात व्यवसायीको यातायात बहिष्कार गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेका थिए । सर्वसाधरणबाट समेत आक्रमणको भय बढेपछि उनीहरुको कुनै उपाय नलागेको हो ।
समाजका विभिन्न तह तप्काबाट साथ पाएको सरकारले सिण्डिकेटधारी यातायात व्यवसायीलाई कानुनी दायरामा ल्याइ छाड्ने तयारी गरेको थियो । गृहमन्त्री बादल कुनै पनि हालतमा पछि नहटेपछि सिण्डिकेटधारी यातायात व्यवसायी आत्तिएका हुन् ।
जनताले स्वतफुर्त रुपमा एकले अर्कालाई साथ दिन थालेपछि उनीहरु आन्दोलन के गर्ने भन्नेमा अन्यौलमा परेका थिए । गृहमन्त्री बादलले कानुनी दायरामा आउन गरेको आग्रहलाई चुनौती दिँदै सडकमा गएका उनीहरुलाई सडकमै प्रतिकार हुने संभावना बढ्ेपछि हतार हतार पछाडी सर्न वाध्य भएका हुन् ।










