३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ परेका छन्।

प्रहरी हवल्दार अमर भन्ने अम्बर बहादुर थापा मगरलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदै छ।

मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। घटनामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार रहेका छन्।