काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी एकतामा देखिएको विवादित विषयको टुंगो लागेको दावी गर्नुभएको छ ।
जन्मथलो ढिकुर पोखरी पुगेर अध्यक्ष दाहालले पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादले विवादित विषयलाई निष्कर्षमा पु¥याएर एकता प्रक्रियालाई अगाडि बढाएको बताउनुभयो ।
बाम कार्यदलले तयार पारेको प्रतिवेदनमाथि सामान्य छलफल बाँकी रहेकाले पार्टी एकता घोषणा गर्न ढिलाई भएको समेत स्वीकार गर्नुभयो । एकताकालागि हुनुपर्ने हार्दिक सम्बन्ध र छलफलले निरन्तरता पाइरहँदा पार्टी एकताले राजनीतिमा नयाँ आयाम थप्ने समेत बताउनुभयो ।
स्थिर सरकारसँगै मुलुकको विकास र समृद्धिका लागि माक्र्स र लेनिनको सिद्धान्त पछ्याउने अन्य दलसमेत एकीकृत कम्यूनिष्ट पाटी गठनसँगै एकतामा आउनुको विकल्प नरहेको समेत बताउनुभएको थियो । न्यूज २४ नेपाल बाट










