भोजपुरको रामप्रसादराई गाउँपालिकामा एक व्यक्तिले आफ्नै साथीको छुरा प्रहार गरी हत्या प्रयास गरेका छन् ।
रामप्रसादराई गाउँपालिका वडा नम्बर ६ का उमेश राईले आफ्नै साथी दिप्सन राईलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका हुन् ।
दुवै जना स्थानीय पर्व चण्डी पुजा गरेर फर्कने क्रममा विवाद हुँदा उमेशले साथी दिप्सनलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट दिप्सन गम्भीर घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते दिप्सनलाई सिद्धकाली भोजपुर अस्पतालमा समानय उपचापछि थप उपचाका लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर लगिएको र छुरा प्रहार गर्ने उमेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।










