इटहरी । गत दुर्इ साता देखि इटहरीमा एकाएक एक अनाैठाे खबर फैलियाे त्याे थियाे इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्ज्य कुमार राउत फरारकाे । त्याे बेला अाधा पत्रकारहरूकाे निगरानी इलाका प्रहरी कार्यालय इटहरी तिरै रहेकाे थियाे । त्यतिकैमा एक राष्ट्रिय पत्रिकामा इटहरीका डिएसपी अदालतमा हाजिर हुन पुगे भन्ने खबर छापियाे रसाेहि खबरबाट जानकारी प्राप्त गरेका नगरवासीहरू पनि एकाएक झस्किए ।
तिन दिन लगातार खाेजि गर्दा पनि काजमा गएकाे भन्दै पत्रकार ढाटने प्रहरीकाे हबिगत जब बास्तबिकता बनेर सामने अायाे तब जनताकाे रक्षा गर्ने भनि रातदिन खटिएका प्रहरी प्रतिकाे बिश्वास धमिलाे बनिन पुग्याे । सन्दर्भ थियाे माेरङ उर्लाबारीका सनम शाक्यकाे हत्या र साढे ३३ किलाे सुन तस्करीकाे ।
माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको समाचारहरू बाहिरिन थालेका थिए । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो । यहि घटनालार्इ लुकाउन माथिल्लाे निकायका प्रहरी उच्च अधिकारी देखि नाम चलेका ब्याक्तिहरू सकृिय रहेकाे खुल्न अाएकाे थियाे । यसैकाे समुहमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउत पनि मुछिन पुगे ।
डिएसपी अाेम प्रकास अधिकारी पछि नेतृत्व सम्हालन इटहरी अाइपुगेका नयाँ डिएसपी सञ्जय कुमार राउतले सुरूवाती दिनहरूमा राम्रैकामहरू गरेर देखाए ।हाेटलहरूमा छापा , नियमित रात्री गस्ति , गुण्डागर्दिमा नियन्त्रण लगायत अन्य सामाजिक कार्यमा पनि उतिकै सकृिय भएर लागे । इटहरी उपमहानगरवासीकाे मनमा बस्नै लाग्दा उनै डिएसपी राउत एकाएक प्रहरीकाे नियन्त्रणमा रहेकाे खबर बाहिरिएपछि अहिले प्रहरी प्रति नगरवासीहरू रूस्ट देखिएका छन ।
माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन प्रकरण र उर्लाबारीका शनम शाक्य प्रकरणले इटहरीका डिएसपी राउत मात्र हैन उच्च ङरानाका एसएसपी देखि एसपी र जवान सम्मलार्इ बिवादमा ल्यायाे । बर्दिकाे अाडमा भित्रैदेखि तस्करिकाे जालाेलाृइ सेवा दिदै अाइरहेकाे तिताे यर्थाथ त्यतिबेला खुल्याे जुन बेला सनम हत्या प्रकरणकाे अनुशन्धानले नयाँ माेड लियाे ।
घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएर काम अघि बढाएदेखि घटनामा संलग्न दाेषीहरू धमाधम समातिन थाले ।घटनाको अनुसन्धान गर्न गठित समितिले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भुजुङ गुरुङ, थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ लगायत छन् । श्रेष्ठले नै एयरपोर्टबाट सुन भित्र्याउन सहयोग गरेको अनुसन्धान समिति स्रोतको भनाइ छ ।
कसरी फसे इटहरीका डिएसपी राउत ? साडे ३३ किलाे तस्करीकाे सुन र भरीया सनम शाक्यकाे हत्याकाे अनुशन्धान सुरू भएदेखि नै फरार रहेका इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्ज्य कुमार राउतले सुन तस्करी संग दुर्इ पटक गरेर १५ लाख बढी रकम लिएकाे खुलाशा हुन पुगेपछि उनि अनुशन्धानकाे घेरामा पुगे ।उनले पहिलाे पटक ३ लाख र दाेश्राे पटक १२ लाख गरी १५ लाख र बिच बिचमा पनि अन्य रकम लिएकाे खुलेकाे हाे । यति मात्र नभइ उनले तस्करीकै बेला पनि गिराेह संग मिलेर सेटिङ मिलाइदिने काम गरेकाे अनुशन्धानबाट खुलेकाे छ ।
अनुशन्धानकै क्रममा कल डिटेल र सम्पुर्ण बिवरणहरू डिएसपी बिरूद्ध देखिए फलस्वरूप उनि सजिलै फस्ने सम्भावना भएपछि फरार रहेका थिए । उनि अहिले जिल्ला अदालतकाे प्रांगणमा बयान दिने काम गरिरहेका छन । उनकाे अनुपस्थितिका कारण अहिले इटहरी प्रहरी नेतृत्व बिहीन बनेकाे छ । पुर्बेली न्यूज बाट साभार










