काठमाडौँ — प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यसहित ५ सदस्यलाई पक्राउ गरेको छ ।

यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध कडा रुपमा उत्रिएको सरकारको निर्देशनमा महानगरीय अपराध महशाखाबाट खटिएको टोलीले उनीहरुलाई शनिबार साँझ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अध्यक्ष कर्मचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वार, उमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालगायत छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । कान्तिपुर दैनिक बाट साभार