दमक, बैशाख २३ झापाको दमकमा जारी दमक गोल्डकपको आज आईतबारको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेल पनि दमक बहुमुखी क्याम्पसको खेल मैदानमा अपरान्ह ४ बजे सुरु हुनेछ । थ्रीस्टार र पुलिस दमक गोल्डकपमा पहिलो खेल खेल्न लागेका हुन् । आजको विजेताले बैशाख २५ गते मंगलबार पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि शनिबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको थियो । आर्मीले आयोजक दमक ११ लाई ६–० ले पराजित गर्यो ।
बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहने प्रचारप्रसार संयोजक चन्द्र खत्रीले बताए । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छ । गोल्डकपमा आइतबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो ।










