काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अस्पतालको सरसफाईमा जोड दिनुभएको छ । राज्यमन्त्री अर्याल आइतबार वीर अस्पताल पुगेर त्यहाँको शैयादेखि शौचालयको अवस्था निरीक्षण मात्र गर्नु भएन, ब्रस समातेर शौचालय सफा समेत गर्नुभयो ।
राज्य मन्त्री अर्यालले सरकारी अस्पतालमा फोहोर र दुर्गन्धित हुने गरेको गुनासो आइरहेको बताउनुभयो । ‘अस्पतालमा सरसफाई चुनौति बनेको छ’ उहाँले भन्नुभयो, ‘अब हामीले कामबाट त्यसता गुनासोलाई गलत सावित गर्नुपर्छ ।’
राज्यमन्त्री अर्यालले मुलुककै जेठो अस्पतालको रुपमा रहेको वीर अस्पताललाई सरसफाईमा पनि नमूना बनाउनु पर्ने बताउनुभयो अर्यालले अस्पताल र त्यसआसपासका पसलबाट सुर्ती र सुर्तीजन्य पदार्थ हटाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।
वीर अस्पताल सरसफाईको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ । यसले १५ दिन सम्म वीरअस्पतालको सरसफाई गर्नुको साथै सरसफाईको आधुनिक तरिका बारे कर्मचारीलाई तालिम पनि दिनेछ । खेम्स क्लिनिङले स्वयंसेवी रुपमा अस्पतालको सफाई अभियान चलाउने अस्पतालले जनाएको छ ।










