संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसदको अधिवेशन आइतबार अपरान्ह् ४ बजे बस्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा दुवै सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुनेछ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन प्रारम्भ भएको जानकारी पत्र पढेर सुनाउने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसै गरी हालै मात्र जारी भएका अध्यादेश संसदमा पेश गर्ने तयारी सचिवालयले गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यत्तिहरुको छानविन अध्यादेश पेश हुने कार्यसूची रहेको छ ।