प्रहरी प्रधान कार्यालयले आईतबार ७९ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
कार्यालयले एसपी प्रमुख रहने जिल्लाहरु सहित विभाग, प्रशिक्षण केन्द्र र महानगरीय प्रहरी मातहतका इकाईमा सरुवा गरेको हो।
तराईका जिल्लामध्ये विवादास्पद र जोखिमपूर्ण तथा लाभदायी तीनै अवस्थाले चर्चित बारा प्रहरी प्रमुखको कमाण्ड संगठनमा सक्षम अनुसन्धान अधिकृत मानिएकी मिरा चौधरीको सरुवा भएको छ। सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुखका रुपमा एसपी रेवती ढकालको सरुवा भएको छ।
कर्मचारी प्रशासनमा रहेका ढकालको स्थानमा चन्द्रकुेबर खापुङको सरुवा भएको हो। चितवन प्रहरी प्रमुखमा सुशील राठौर, भक्तपुर प्रहरी प्रमुखमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनँहुमा सिद्दीबिक्रम शाह र कास्कीमा ओम रानाको सरुवा भएको छ।
सूची हेर्नुहाेस् :



















