जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।

बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको प्राथमिताको प्रथम सूचीमा रहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छिमेकी देश भारतसँग जोडिएको नाका क्षेत्र समेत भएकाले नाकासँग सम्बन्धित अन्तरदेशिय अपराधका नियन्त्रण, लागू औषध ओसार पसार, चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराधक निर्मूल गर्नका लागि प्रहरी सक्रिय रहेको तामाङको भनाई छ ।

एक अर्को प्रसंगमा तामाङले नेपाल सरकारको २० बर्षे सवारी साधनहरु विस्थापन गर्ने नीतिअनुरप हालसम्म ३ वटा सवारी साधनहरुलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको जानकारी दिए ।

सरकारको सिण्डिकेट बिरुद्धको नीतिलाई कार्यान्वयन गर्ने सवालमा शनिबार सम्म ४ जना यातायात व्यवसायीहरु सहित ३ जना कर्मचारी गरि जम्मा ७ जनालाई अत्यावश्यक सेवा संचालन ऐन २०१४ बमोजिम कारवाही लागि प्रहरी नियन्त्रणमा लिएको पनि उनलने बताए ।दैनिक नेपाल