काठमाडौं, २३ वैशाख– यसअघि चीनबाट नेपालतर्फ सुन तस्करी हुँदै आएकोमा अब नेपालबाट चीनतर्फ सुन तस्करी हुने गरेको तथ्य बाहिरिएको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ जनालाई पक्राउ गरेसँगै नेपालबाट चीनतर्फ सुन तस्करी हुने गरेको तथ्य फेला परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेकाहरुबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसहित पक्राउ पर्नेमा चिनियाँ नागरिक छन् । उनीहरुको नाम र पहिचान भने खुलाइएको छैन ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विमानस्थलबाट ६ जना चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गरेको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लोकान्तर बाट