काठमाडौं । आफुले अवार्ड नपाएको भनेर विवाद सिर्जना गर्नु त स्वभाविकै हो । र यसलाई असन्तुष्ट पक्षको धारणा पनि हो । तर यस पटक दुबईमा आयोजित नवौं नेफ्टा अवार्डमा भने मलाई किन अवार्ड दिने भनेर निर्देशकले विवाद गरेका छन् । पहिलेपहिले अवार्ड नपाउनेले विवाद निम्त्याउने गर्थे । मैले पाइनँ र त्यसले किन पायो भन्नेजस्ता विवाद हुन्थ्ये । तर उक्त अवार्ड वितरण कार्यक्रममा उत्कृष्ट फिल्मका रुपमा घोषित फिल्म ‘पशुपति प्रसाद’ का निर्देशकले अवार्ड नै लिन नमानेर तहल्का नै मच्चाए ।

अल नासर लिजरल्यान्डको भव्य स्टेजबाट नेफ्टा अवार्डको अन्तिम विधाका रूपमा उत्कृष्ट फिल्मका रूपमा ‘पशुपति प्रसाद’ को नाम घोषणा भयो । सबैले ताली बजाए । छेवैमा बसेकाले फिल्मका निर्मातासमेत रहेका निर्देशक दीपेन्द्र के खनाललाई बधाई दिए । तर दीपेन्द्र ट्रफी लिन स्टेज चढेनन् । केही क्षणको सन्नाटापछि दीपकराज गिरी दौडिँदै गए, ट्रफी लिइदिए र दीपेन्द्रसमक्ष आएर दिए । तैपनि उनले लिएनन् ।

‘मैले यो अवार्ड स्वीकार गर्न सक्दिनँ,’ दीपेन्द्रले प्रस्टै भनिदिए, ‘मेरो फिल्म उत्कृष्ट हुन लायक देखिएन । त्यसैले यो अवार्ड लिन मलाई लाज हुन्छ ।’ धेरैले उनलाई निर्देशनको अवार्ड ‘वडा नम्बर छ’ निर्देशक उज्ज्वल घिमिरेका लागि गुमाउनुपर्दाको रिस पोखेको आरोप पनि लगाए । तर दीपेन्द्रको तर्क केही फरक छ । ‘लेखन, अभिनय र प्राविधिक पक्षका महत्त्वपूर्ण विधामा उत्कृष्ट नभएको फिल्म कसरी उत्कृष्ट हुन सक्छ ?’

दीपेन्द्रले उल्टै प्रश्न गरे र यसले जुरीप्रति कटाक्ष गरिरहेको थियो । हुन पनि ‘पशुपति प्रसाद’ ले पपुलरसहितका ३१ विधामध्ये खलपात्र, सहअभिनेता र संवादमा मात्र अवार्ड जितेको थियो । दीपेन्द्रले ससम्मान अवार्ड ट्रफी नेफ्टालाई नै फिर्ता गरिदिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah