नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुर्याए इन्काउन्टर हुने बताएका छन् । आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानी गर्दे तामाङ्गले यस्तो बताएका हुन् ।
बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संबेदनसील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्नेकार्य जिल्ला प्रहरीकार्यालय बाँकेको प्राथमिताको प्रथम सुचिमा रहेको बताए । छिमेकी देश भारतसंग जोडिएको नाकाक्षेत्र समेत भएकाले नाकासंग सम्बन्धित अन्तरदेशिय अपराधका नियन्त्रण, लागू औषध ओसार पसार , चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराधक निर्मुल गर्नका लागि प्रहरी सकृय रहेको बताए ।
एक अर्को प्रसंगमा तामाङ्गले नेपाल सरकारको २० बर्षे सवारी साधनहरु बिस्थापन गर्ने नितिअनुरप हालसम्म ३ वटा सवारी साधनहरुलाई यातायात व्यवस्था कार्यालयमा पठाईएको बताए । नेपाल सरकारको सिण्डिकेट बिरुद्धको नितिलाई कार्यान्वयन गर्ने सवालमा शनिबार सम्म ४ जना यातायात व्यवसायीहरु सहित ३ जनाकर्मचारी गरी जम्मा ७ जनालाई अत्यावस्यक सेवा संचालन ऐन २०१४ बमोजिम कार्वाहिका लागि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
प्रकृतिगत हिसाबमा जिल्ला प्रहरी बाँकेमा फाइलहुने केसहरु मध्ये करीब १ तिहाई केसहरु लागूऔषध संग सम्बन्धित हुने तामाङ्गले बताए । नेपालगंजमा वेस्यावृत्ति समेत मौलाएको भन्दै तामाङ्ले वेस्यावृत्तिमा संलग्नहरुको पुनःस्थापनाकालागि सिपमूलक तालिमहरु संचालन गरी उनिहरुको सम्मानीत जिवनयापनका लागि सम्बन्धित सरोकारवालाहरुले समन्वय गर्नुपर्नेकुरामा जोड दिंदै औद्योगिक सुरक्षामा समेत प्रहरी सकृय रहेको बताए ।










