शिवसताक्षी 

परिवारकालाई सुखले पाल्ने र छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बोकेर झापाको शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बाका गंगाबहादुर दर्जी ११ वर्ष अघि विदेशीए । कतार र साउदी अरबमा ड्राइभरको रुपमा काम गरेर मासिक ९० हजार रुपैंया सम्म रकम कमाउन सके तर अहिले न त ११ वर्षसम्म आफुले दुःख गरेर जोडेको सम्पत्ति छ, न त छोरी छोरी नै, न श्रीमती । अहिले उनी एक्लो बेसाहारा बनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१५ वर्ष अघि धुमधामका साथ बिवाह गरेर भित्रियाएकी श्रीमतीले छाडेर जाली भन्ने गंगाको कल्पना समेत गरेका थिएनन् । तर १४ वर्षको छोरा रोनिस र ९ वर्षिया छोरी रितिका सहित श्रीमती सर्मिला दर्जी अर्कै केटासम्म टापकसेपछि गंगाको बिच्लली भएको छ । आमसञ्चर डट.कमसंग कुरा गर्दै गंगाले भने–आमा दमकी बिरामी छिन्, बुबा पनि वृद्ध अवस्थामा रहेका छन् । ब्यवहार राम्रै चल्दैथियो छोराछोरी र सासुससुराको हेरचहार गरेर बसेकी श्रीमतीले भात खाने थालपनि लिएर हिडेपछि आज जम्दिान जस्तो थिए त्यस्तै भएँ ।

ग्त वर्षको माघ–१९ गते छोराछोरी, सारा सम्पत्ति सहित श्रीमती वेपत्ता भनेपछि फागुन–२२ गते नेपाल आइपुगेका गंगाले प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि समक्ष समेत हारगुहार गरिसकेका छन् । एक्लो छोरा त्यो पनि सारा सम्पत्ति लिएर श्रीमती हिडेपछि वृद्धवृद्धा अवस्थामा रहेका बुबाआमालाई के भनेर सम्झाउने अनि अब के गर्ने भन्ने पिडामा सबै तिर भौतारि रहेका छन् उनी ।

दमक नगरपालिकामा रहेका साढे ८ धुरको भिट्टा,१४ लाख ५० हजार नगद, आठ तोला सुन, आठ थान झर्के थाल, ब्ल्याङकेट, नागरिकता,लाइसेन्स लगायतका घरमा स–साना सामानहरु प्नि लगेको भन्दै गंगाले गहभरी आँसु पारे । आमा–बुबा, श्रीमतीलाई सुखले पाल्ने र छोराछोरीलाई राम्रो शिक्षा दिने सपना सपनामा नै सिमित भएको गंगाले बताए । विदेशमा हुदाँ नै किनेको जग्गा श्रीमतीकै नाममा पास गराएको त्यो पनि बेचेर अर्कैसंग हिडेपछि सबै सकिएको उनको भनाई छ ।

सबैसम्पत्ति सहित बेपत्ता बनेकी श्रीमतीका विषयमा ससुरालीमा बुझदा एक महिना भित्रमा छोरी ल्याउने इलाका प्रहरी कार्यालय झिलझिले समक्ष कबुल गरेका ससुराले छोरी बुटबलमा रहेको भन्दै खोज्ने बहाना बनाएर अहिले घरमा नै ताला लगाएर उनीहरुपनि सम्पर्क बिहिन बनेको जनाइएको छ । घरमा रहेका कुखुराहरु घरमै मरेको थाहा पाएपछि प्रहरीसहित स्थानीयको रोहबरमा मरेका वस्तुहरु खाल्डो खनेर गाडेको प्रहरीको भनाई छ । छोरी भगाउन बुबाआमाको पनि संलग्नता उनीहरु बेपत्ता भएपछि पुष्टि भएको प्रहरीको भनाई छ ।

बिगतमा उनीहरुले प्रयोग गरेका मोबाइल नम्बरहरु समेत अफ गरेका कारण कतै पत्ता लगाउन नसकिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसैबीच गंगाको विषयलाई आफुले गम्भिर रुपमा लिएको र सबै संयन्त्र प्रयोग गरेर भएपनि उनलाई न्याय दिलाउने शिवसताक्षी नगरपालिकाकी उपमेयर एवं न्यायीक छानबिन समितिकी प्रमुख भोजकुमारी नेपालले बताइन् ।

न्यायपालीकामा हालसम्म २०–२५ वटा उजुरी परेको र केहीको फैसलासमेत भएको र अन्यको क्रमिक रुपमा फैसला गर्दै जाने भन्दै गंगामाथि निकै ठूलो पुरुष हिंसा भएको उनको भनाई छ । उपमेयर नेपालले गंगाको विषयलाई प्राथमिकता दिने समेत आश्वासन दिएकी छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेमा गत फागुन–१ गतेबाट वैशाख–२४ गतेसम्मको अवधिमा १९ वटा मानिस हराएको निवेदन परेको जनाइएको छ । जसमा १२ महिला र ७ पुरुष रहेका छन् । हराएका मभ्ये ५ जना मात्र फेला परेको भनद्र प्रहरीले हराउनेको संख्या अधिक रहेको जनाएको छ ।

अधिकाशं हराएका महिलाहरुमा श्रीमान विदेश गएका महिलाहरु रहेको स्रोतले उल्लेख गरेको छ । साउदीबाट छुट्टीमा आएका गंगाको काममा र्फकिने बेला भइसकेको छ । हाल उनी श्रीमती,छोराछोरी र सासु तथा केटाको फोटो बोकेर खोजबिनमा भौतारिरहेका छन् । उनले आफ्ना छोराछोरी र आफुले पाउने सम्पत्ति दिए हुने भन्दै अब वृद्धवृद्धा अवस्थामा रहेका आमा–बुबालाई के गर्ने चिन्ताले पनि उनी थप पिडामा रहेका छन् । विदेश नजाँदा पनि सबै सम्पत्ति सकिएपछि विदेश नजानुको विकल्प नै नभएको गंगाले गुनासो गरे ।