हिन्दु धर्मगुरु श्रीनिवासाचार्यले चर्चाका लागि आफैँलाई गोली हान्न लगाएको खुलेपछि प्रहरीले उनलाइ पक्राउ गरेकाे छ।  प्रहरीकाे विशेष टाेलीले आईतबार गौशाला क्षेत्रबाट श्रीनिवासाचार्यलाइ पक्राउ गरेकाे हाे। उनले घटनामा अाफ्नाे संलग्नता स्वीकारेकाे प्रहरीले जनाएकाे छ।

उनीमाथि चैत २५ को रात मोरङको बिराटनगरमा गोली प्रहार भएको थियो। प्रहरीले नियन्त्रणमा लिएका दुई जनाको बयानमा गोली हान्ने योजना र हतियार समेत धर्मगुरुले उपलब्ध गराएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुनसरीको बराह क्षेत्रमा आश्रम चलाउने श्रीनिवासाचार्यमाथि विराटनगर जतुवास्थित रामजानकी मन्दिर परिसरमा श्रीमदभागवत सप्ताह पुराण वाचन गर्न अाएका बखत गाेली प्रहार भएकाे थियाे। गोली प्रहारपछि उनले आफ्ना अनुयायीमार्फत हिन्दु धर्म बिरोधीहरुले गोली चलाएको दाबी गर्दै अाएका थिए।

स्वामी श्रीनिवासाचार्यमाथि उनकै योजनाअनुसार अनुयायी चितवनका माधव चौधरीले पाखुरामा लाग्ने गरी गाेली प्रहार गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ। प्रहरी अनुसन्धानमा घटनामा प्रयोग भएको पेस्तोल श्रीनिवासाचार्यले खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारी मार्फत जुटाएको खुलेको छ।

पक्राउ परेका दुबैले साबिती बयान दिएका छन्। ‘यस घटनामा श्रीनिवासाचार्य एक्लै हुन् वा उनलाई घटनाका लागि प्रेरित गर्ने समुह छ, थप अनुसन्धानमा खुल्ने छ,’ एसपी अरुण बिसीले नेपालखबरसँग भने।

काे हुन् श्रीनिवास?

श्रीनिवास पहिलैदेखि विवादस्पद धर्मगुरू हुन्। संविधान निर्माणका क्रममा नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने मागसहित उनी काठमाडौंको टुँडिखेलमा सप्ताह लगाएर रत्नपार्कको शान्ति वाटिकामा अनसन बसेका थिए। नयाँ संविधानमा हिन्दु राष्ट्र कायम माग गर्दै उनले इटहरीमा निरन्तर प्रदर्शन र अान्दोलन चर्काएका थिए। श्री निवासकाे नेक्सस हिन्दू अतिवादी समूहहरूसँग रहँदै अाएकाे छ।