दमक,२४ बैशाख/ लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको अगुवामा दमक गोेल्डकप प्रतियोगिता स्थल दमक बहुमुखि क्याम्पसमा सरसफाइ भएको छ । सोमबार बिहान क्लवका प्रथम उपाध्यक्ष एवं भाबी अध्यक्ष चन्द्र गजमेरको अगुवाइमा सरसफाई भएको हो ।
गजमेरका अनुसार गोल्डकपमा उत्पादित फोहोर मैलालाई लायन्सले सफाइ गरेको हो । आगामि दिनमा पनि यसलाइ निरन्तरता दिने उनले जनाए । दमक गोल्डकप दमकेलीको गौरव भएको भन्दै आफूहरुको यसमा सरसफाइ गरेर सहभागिता जनाएको बताए ।
सरसफाइमा शुभकामना सहकारी संस्था,गोल्डकप आयोजक, विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको लायन्सकर्मी बुद्धिशेखर भट्टराइले जनाए ।










