दमक/दमककै पूरानो लायन्स क्लव मानिने लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले पछिल्लो समयमा दमकमा राम्रो छवि बनाएको छ । रुद्र गौतम अध्यक्ष रहेको लायन्समा अब दूइ महिनापछि नयाँ नेतृत्व आउदैछ ।
अहिलेका प्रथम उपाध्यक्ष चन्द्र गजमेर अध्यक्ष बन्दैछन् । वर्ष २०१८/१९ का लागि उनि अध्यक्ष बन्ने भएकाहुन् । गजमेरको ठाँउमा प्रथम उपाध्यक्षमा रमेश अधिकारी,दितिय उपाध्यक्षमा मनोज अग्रवाल र तृतिय उपाध्यक्षमा दिनेश अग्रवालले जिम्मेवारी लिने निश्चित भएको छ ।
यसैगरी कोषाध्यक्षमा केन्द्रबहादुर प्रसाई र सचिवमा डा।सुर्यनारायण शाह आउदैछन् । नवनिर्वाचित समितिको असार १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्नेछ ।










