काठमाडौं- सोमबार बेलुका करिब ५ घण्टा मन्त्रिपरिषद् बैठक बसेको थियो। तर, सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सामान्य किसिमका तीनवटा निर्णयमात्र सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा साढे ५ बजे देखि १० बजे सम्म मन्त्रिपरिषद् बैठक बसेको हो।
मन्त्रिपरिषद्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई स्वीकृत गरेको, श्रम तथा रोजगार मन्त्रालयले बनाएको बैदेशिक रोजगार सम्बन्धि निर्देशिका पारित गरेको र कारागारलाई व्यवस्थित बनाउन कारागार सम्बन्धी कानुनलाई एकीकृत गरी नयाँ विधेयक बनाउने निर्णय गरेको निर्णय सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटाले सार्वजनिक गरेका थिए।
देश संचार बाट साभार









