बनियानी– झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ।

बिर्तामोड–७ स्थित बुधबारे हटियामा नाम, थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस