सुन, सुन्दरी र मोजमस्ती । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अर्को पाटो हो यो । तस्करीमा संलग्नहरुले फुर्सदको क्षण रसरमाईलोमा विताउने गरेको प्रहरीले तयार पारेको अभियोगपत्रमा प्रस्ट हुन्छ ।

भागबन्डामा परेको रकमलाई उनीहरुले भोगविलासपूर्ण जीवनशैलीमा खर्चेको देखिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको कान्तिपुर दैनिक लेख्छ-त्यतिधेरै परिणाममा हराएको सुनको खोजी गर्ने क्रममा समेत पूर्वका प्रतिष्ठित होटलदेखि हत्यास्थल मोरङ, उर्लावारीको जंगलसम्म तस्करहरुले भोज गर्न भ्याएका रहेछन् ।