काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई समाजिक सञ्जाल ट्वीटरमा ‘वान मिलियन’ क्लबमा प्रवेश गरेका छन् । अर्थात, सामाजिक सञ्जाल ट्वीटरमा उनको फलोअर्स १० लाख माथि पुगेको छ ।
उनी सामाजिक सञ्जालमा सक्रिय नेताहरुमध्ये पर्छन् । त्यही भएर समाजिक सञ्जालमा उनलाई फलो गर्ने धेरै रहेका छन् ।
ट्वीटरमा १० लाख माथि फलोअर्स पुगेको अवसरमा डा भट्टराई लेख्छन् १०लाख ट्विटरमित्रहरूलाई शुभकामना!डिजिटल प्रविधिले सम्भव तुल्याएको समतलीय/peer to peerसंवादको माध्यम सामाजिक मिडियालाई सामुहिक हितमा सदुपयोग गरौं!संस्कृतको यो श्लोक मनन गरौं-जिवन्तु मे शत्रुगणा सदैव, एनाम् प्रसादात् सुविचक्षणोहम्।यदयदा माम् विकृतिं लभन्ते, तदातदा माम् परिवोधयन्ति!










