युवराज विवश दमक/दमक ८ का भेषराज न्यौपाने नेपाली सेनाको लेफ्टििनेन्ट जनरल हुने थिए । २०६१ सालमा उनको जिन्दगीमा बिपत्ती नआएको भए । दिनहुँ म्याराथन लाउदे, ६,७ किलोमिटर । संगैका साथीहरु सेनामा जागिरे भए । अहिले भेषराज भने व्हील चेयरमा म्याराथन दौडिरहेका छन् । फरक यति हो, उनले त्यसबेला साचेका सपना त्यसबेलै सकिए । जिन्दगीले नयाँ मोड लियो । उनी अहिले धेरैका उत्प्रेरक भए । जिन्दगीलाई बुझ्ने परिभाषा फेरियो । ६ बर्षदेखि त दैनिकी नै बदलियो ।
३२ बर्षिय भेषराज न्यौपाने १८ बर्षको उमेरमा २०६१ को फागुनमा घरको बरण्डामा खसे । उपचारका लागि अनेकौ ठाउँमा लागियो । स्पाइनल इन्जुरी भए पछि झन्डै ३ साल त ओच्छायानमा दिन बिताए । हल चल नहुने मुढो शरिर लमतन्न सुत्थे । बिस्तारै शरिर सम्म उठ्ने भयो । पुस्तक पढ्न थाले । अनि तीनै पुस्तकले अहिले उनको जिवन फेरियो । अहिले दमकका अधिकांश कार्यक्रममा उनको सहभागीता अनिवार्य नै छ । शरिरको तल्लो भाग चल्दैन । व्हीलचियरका सहायताले अधिकाशं कार्यक्रममा पुग्छन् । उनका अब सपना फेरिए । जिन्दगीलाई हेर्ने परिभाषा बदलियो । सोच लेफ्टिनेन्टको राखेको थिए, बिहानै उठेर दमक २ फन्को लगाउने गरेको थिए, बिगतमा पुग्छन उनी, संगै दोडिने साथी अहिले एयरर्पोटमा सेनाको जागिरे छ, म भने अहिले व्हील चेयरमा ।
झन्डै २ महिना होसमा नआएपछी निरन्तरको उपचार, साधना र व्यायम पछी उनी अहिले ओच्छायनमा अडिन सक्ने भएका छन् । खुट्टा छन, तर भर पर्न सकिदैन । बल्लबल्ल हातले काम गर्न थालेको छ । तर उनको दिमाग भने तेज छ । निरन्तरको अध्ययन पछी जिवनमा हेर्ने दृष्टिकोणमा फरक आयो, उनले सम्झिए, मैले हात चल्न थालेपछी पुस्तक पढे र अब जिवन नयाँ ढंगमा बिताउने प्रण गरे । अहिले उनको दैनिकी फरक छ, दिनहुँ भेट गर्न सम्म मान्छे घरमै आउछन् । सातामा प्राय उनी अध्यक्ष रहेको दमक पब्लिक लाइब्रेरीले कार्यक्रम गरिरहेको हुन्छ । म बिरामी भएर ओच्छायनमा हुदाँ परिवारमा सान्तवना दिन मान्छेहरु आउने गर्थे, उनले भने, अब यस्तै भइगो, भनेर मलाइ थप पीडामा पुर्योउथे तर पुस्तकले मेरो दृष्टिकोणमा पुरै परिवर्तन गरिदियो ।
अहिले उनका सपना फेरिएका छन् । बिवाह गर्ने, घर परिवार बसाउने, पैसा कमाउने बिगतका सपनाहरुले अहिले उनलाई सताउदैनन् । जिवनको लामो सपना केही नै देखेको छैन, उनले भने, सपना सबै पुरा गर्नका लागि हुने रहेनछन् । उनका केही ड्मि पोजेक्ट भने छन् । दमक बाहेक, बेलबारी बिर्तामोड र कन्काइमा सुविधासम्पन्न पुस्तकालय बनाउने । तर ती पुस्तकका मात्रै पुस्तकालय हुने छैनन, बौद्धिक बहस हुने थलो हुने छन् ।
पुस्तकले जिवन बदल्न सक्छ, उनले भावी योजना सुनाउदै भने, बहुउपयोगी, सुविधासम्पन्न र बिषगत पुस्तकालय बनाउने सपना भने अहिले पनि देखि रहन्छु । उनको यो सपनामा केही सहयोगीहरु भ्ने जुटेका छन् । बिदेशमा रहेका बिदेशी साथीहरुको सहयोग उनलाई छ । निर्वाहका लागि केही स्थानमा साझेदारीमा लगानी गरेका छन् । अष्ट्ेिलियामा बस्दै आएकी उनकी दीदी अहिले ढुक्कै उनकै सेवामा खटिएकी छिन् । आमाको निधन पछी केही बिक्षिप्त पनि भए भेषराज ।
जिवनमा मेरो शरिरको भाग नचल्ने पीडामा रहेको भए म दिमागी बिरामी हुने निश्चित थियो, उनले भने, तर मेरो जिवनलाई सकारात्मक बनाउनका लागि मैले जानेको कुरा बाड्दै हिड्न थाले । भेषराज सहितको टिम दमकमा उद्यमशिलता बिकासको काममा समेत लागेका छन् । ज्ञान भएकाले ज्ञान बाड्ने अनि आर्थिक सामथ्र्य भएकाले लगानी गर्ने । केही समय अघि दमकमा कर्ण शाक्यलाई ल्याएर सेमिनार समेत गरे । शिप भएकाले आर्थिक स्रोत भएकालाई लगानी गर्ने छ, उनले योजना सुनाए, अनि दमकलाई सम्बृद्ध बनाउन हामी सफल हुने छौ ।
गुनासा भेषराजका पनि केही छन् । सरकारी सहयोग भने भएन । दमक नगरपालिकाले उनको जिविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको २ बर्ष भयो । ६ महिनाको ३० हजार बाहेक अन्य थापेनन् । नगरपालिकाबाट आउने पैसाले अन्य केही नयाँ काम गरु भन्ने लागेको थियो, उनले सपना सुनाए, तर त्यसपछी बारम्बार ताकेता गर्दा समेत रकम पाइएन् । केही स्थानमा सहयोग गरुला भनेर साचेका भेषराजले नगरपालिकाबाट बृत्ती विकासका लागि दिइने रकम नपाएपछी त्यो पनि रोकियो ।










