मोरङ, वैशाख २५ – साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका ३० जना अभियुक्तको बयान सकिएको छ ।

जिल्ला अदालत मोरङमा गएको बुधबार उनीहरुविरुद्ध मुद्दा दायर भएकोमा त्यसको एक हप्ता लगाएर बयान सकिएको हो । बुधबार कानुन दिवस भएकोले बिहीबारदेखि बहस सुरु हुने जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबारदेखि सुरु हुने बहसमा ४२ जना वकिलले प्रतिवादीको तर्फबाट बहस गर्नेछन् भने ८ जना सरकारी वकिलले वादी नेपाल सरकारको तर्फबाट बहस गर्नेछन् । यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता गोपाल रिजालसमेत रहेका छन् ।

त्यस्तै उच्च सरकारी वकिल चिरन्जिवी पराजुली, जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पूण्यप्रसाद पाठक, धनकुटाका जिल्ला न्यायाधिवक्ता मनोज आचार्य, सप्तरीका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, उच्च सरकारी वकिल कार्यालय विराटनगरका न्यायाधिवक्ता हिमाल त्रिताल, मोरङका सहायक जिल्ला न्यायाधिवक्ता पदम वस्ती र रोहित पोखरेलले बहस गर्नेछन् । उज्यालो अन्लाइन बाट