भद्रपुर । झापाको कचनकवल गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कचनकवल ७ बालुवाडी निवासी ६१ बर्षीय हर्कमाया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार बुधवार विहान हावाहुरीसंगै पानी परेपछि घरमा आगनमै बिजुलीको तार चुडिएर लिम्बुलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारको क्रममा भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यता बुधवार बिहान हावाहुरी, चट्याङ्गसंगै परेको पानीले झापाका विभिन्न स्थानीय तहमा लाखौ क्षति भएको प्रहरीको अनुमान छ।
क्षतिको यकिन तथ्याक संकलनका लागि स्थानीय प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। साथै जिल्लामा विभिन्न स्थानमा बिजुली समेत अवरुद्ध भएको छ।










