काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा विगतमा गरिएको नाकाबन्दीलाई जोडेल विभिन्न टीकाटिप्पणी भइरहेका छन्। मोदीको नागरिक अभिनन्दन समेत गरिने भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको तीव्र आलोचनासमेत भइरहेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत मोदी भ्रमणका सन्दर्भमा ६ प्रश्न भन्दै ट्विट गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार एक ट्विट गर्दै प्रवक्ता शर्माले प्रश्नहरु सोधेका छन् :

१. भ्रमण देशको कि प्रदेशको? २. भिन्न दुई भूगोलमा अभिनन्दन कति राष्ट्रिय? ३. जनकपुरले देशको प्रतिनिधित्व गर्न मिल्दैन? ४. भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास? ५. नाकाबन्दीको भुल बोध गरिंदै कि भुल्दै? ६. हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला?

मोदि भ्रमण र ६ प्रश्न… !

१,भ्रमण देशको कि प्रदेशको ? २,भिन्न दुई भूगोलमा अभिनन्दन कति रास्ट्रीय ? ३,जनकपुरले देशको प्रतिनिधित्व गर्न मिल्दैन ? ४,भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास ? ५,नाकाबन्दीको भुल बोध गरिंदै कि भुल्दै ? ६,हाम्रा प्रमको रास्ट्रवाद कुन मन्चमा सुकुला ?