काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने समय दुई दिन बाँकी रहँदा माइक्रोब्लगिङ साइट ट्विटरमा #BlockadeWasCrimeMrModi ट्रेण्डिङ पहिलो नम्बरमा पुगेको छ।

मोदीको नेपाल भ्रमणलाई लिएर नेपालीहरुले सामाजिक सञ्‍जालमा नाकाबन्दीमा भारतले देखाएको निर्दयीपनको विरोधस्वरुप #BlockadeWasCrimeMrModi ह्‍यासट्‍याग गरेर पोस्ट गर्न थालेपछि यो ट्‍याग नम्बर एकमा आएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो ट्रेण्डमा नेपालीहरुले भारतले लगाएको त्‍यो नाकाबन्दीको खुलेर विरोध गरेका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शु्क्रबारदेखि हुन लागेको भ्रमणमा नागरिक अभिनन्दन नगर्नसमेत अनुरोध गरेका छन्। उनीहरुले मोदीको भ्रमणसँगै कम्‍युनिष्ट र कांग्रेस निकट सरकारका प्रवृतिहरुलाई समेत आलोचना गरिरहेका छन्।

त्‍यो बेलाको भारतीय नाकाबन्दीमा नेपालीले आफ्‍नो घरमा धेरै दिन खाना खान नपाएको, प्रश्रवपीडामा श्रीमतीको उपचार गर्न गाडी नपाएको, ग्‍याँस/इन्धनको चरम अभाव झेल्‍नु परेको पीडालाई ट्वीटरमा पोखेका छन्।